रसुवमा तीनसय पचास जनालाई निशु्ल्क स्वास्थ्य परामर्श

रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका, लाङ्बु गाउँमा स्वास्थ्यका बँरेमा चेतना अभिवृद्धि गरिएको छ ।
नारायण मावि लाङ्बुका प्रधानाध्यापक जीतमान घलेका अनुसार इजिप्टको कायरो र काठमाडौँ बालुवाटारस्थित रोट्रयाक्ट क्लब अफ मातृभूमि आइओएममार्फत आएका चार एमबिबिएस चिकित्सक र त्रिविवि शिक्षण अस्पतालमा अध्ययनरत एमबिबिएसका विद्यार्थीसमेत ११ सदस्यीय चिकित्सक टोलीले गाउँमा निःशुल्क स्वास्थ्यसम्बन्धप् परामर्श सेवा दिएको छ ।
आफू रसुवावासी भएको र एमबिबिएस अध्ययनको सिलसिलामा कायरोमा रहे पनि भौगोलिक रुपमा विकट गाउँका बासिन्दालाई स्वास्थ्यको सुधारमा सहयोग गर्ने उद्देश्यका साथ काठमाडौँका सहकमीसँग समन्वय गरी सरसफाइ र स्वास्थ्य चेतना अभिवृद्वि गरिनाकासाथै सामान्य खालका औषधिसमेत वितरण गरिएको कायरोस्थित एशोसिएशन अफ नेप्लिज मेडिकलका अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्यको परामर्श लिन आएका सेवाग्राहीमध्ये अधिकांशमा छाला, हाडजोर्नी, श्वासप्रश्वास, गानुगोला, नाक,कान घाँटी, आँखा र उच्चरक्तचाप जस्ता समस्या भेटिएको समाजसेवी छेसाङदावा तामाङले जानकारी दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया