बंगलादेशलाई नेपालको २ सय ६२ रनको चुनौती
विदुर खबर
२०७६ भदौ २२ गते १३:०४
नुवाकोट । एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई २६२ रनको लक्ष्य पेश गरेको छ ।
श्रीलंकाको पी सारामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनायो । पवन शरार्फसँगै सन्दीप जोराको ब्याटिङ उत्कृष्ट रहृयो । नेपालको सुरुवात ठीकै रहृयो । ऋत गौतम र पवनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । ऋत ३२ रनमा आउट भए । आसिफ शेख मात्र ३ रनमा पभेलियन फर्किए ।
तर पवनले सम्हालिएर ब्याटिङ गरे । उनले कुशल मल्लसँग ३९ रनको साझेदारी गरे भने कप्तान रोहितकुमार पौडेलसँग १४ रनको । त्यसपछि सन्दीप जोरासँग १४ रनको साझेदारी गरेका उनी ८१ रनमा आउट भए । त्यसअघि कुशल २८, रोहितकुमार १४ रनमा आउट भएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि





प्रतिक्रिया