बंगलादेशलाई नेपालको २ सय ६२ रनको चुनौती

विदुर खबर २०७६ भदौ २२ गते १३:०४

नुवाकोट । एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई २६२ रनको लक्ष्य पेश गरेको छ ।

Advertisement

श्रीलंकाको पी सारामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनायो । पवन शरार्फसँगै सन्दीप जोराको ब्याटिङ उत्कृष्ट रहृयो । नेपालको सुरुवात ठीकै रहृयो । ऋत गौतम र पवनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । ऋत ३२ रनमा आउट भए । आसिफ शेख मात्र ३ रनमा पभेलियन फर्किए ।

तर पवनले सम्हालिएर ब्याटिङ गरे । उनले कुशल मल्लसँग ३९ रनको साझेदारी गरे भने कप्तान रोहितकुमार पौडेलसँग १४ रनको । त्यसपछि सन्दीप जोरासँग १४ रनको साझेदारी गरेका उनी ८१ रनमा आउट भए । त्यसअघि कुशल २८, रोहितकुमार १४ रनमा आउट भएका थिए ।

Advertisement

प्रतिक्रिया