३ करोडको रुपैयाँको लागतमा रसुवामा शित भण्डार बन्दै

विदुर खबर २०७६ भदौ २० गते ९:१६

रसुवा । रसुवाको कालिका गाउँपालिका वडा नम्बर २ मा निर्माण हुन लागेको शित भण्डारको शिलान्यास गरिएको छ ।

Advertisement

भण्डारको  प्रदेश नं. ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले शिलान्यास गरेका हुन । शितभण्डारको शिलान्यास गदै मन्त्री दावादोर्जे लामाले पछि परेका गरिव किसानको सम्मान नगरे देशको समृद्धि हुन नसक्ने बताए । सरकारले सामान्य र तल परेका गरिव, भूमिहीन सानाकिसानको काम समयमै गरिदिने र कार्यालयमा सम्मान गर्ने परिपाटी नभएसम्म देशको समृद्धि नहुने उनले बताए । मन्त्री लामाले शित भण्डार निर्माण कम्पनीलाई समयमा काम सम्पन्न गरेर पुरस्कार लिन आग्रह गरे । शित भण्डार निर्माण भएपछि कृषि उत्पादनमा जोड् दिन अनुरोध गर्दै मन्त्रीले तरकारी, स्याउ र पशुजन्य उत्पादन, माछापालन जोड्दिन तथा गोसाईकुण्ड, लाङटाङ जस्ता पर्यटकीय क्षेत्र रसुवामै रहेकोले त्यसको विकास गरी रसुवागढी नाका व्यवस्थित गर्न सके देशकै समृद्धिमा टेवा पुग्ने बताए ।

नुवाकोटमा रहेको शित भण्डारमा पुगेर आलुको बीऊ राख्न नपाएर फर्कनु पर्ने अवस्थामा अन्त्य हुने धैबुङ्ग कालिका साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु पौडेलले बताए । ३ सय मेट्रिक टन क्षमताको शित भण्डार २०७७ असारसम्म निर्माण सम्पन्न गर्ने बताइउको छ । भवन निर्माणको ईजी ईन्फा प्रालिले जिम्मा पाएको छ । कुल ३ करोड ७० लाख ३५ हजार ३ सय ३५ रुपियाँको लागत मध्ये ३० प्रतिशत १ करोड ११ लाख १० हजार ६ सय रुपियाँ साझेदार कालिका गाउँपालिकाले व्यहोर्ने गरी ०७६ असार २५ गते संझौता गरी काम अघि बढेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्ट, प्रदेश सभासदस्य शान्ति थिङ, कालिका गाउँपालिका अध्यक्ष सिताकुमारी अधिकारी, नेकपा जिल्ला ईन्चार्ज विमला सुवेदीले लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया