मालपोत कार्यालय रसुवामा अनलाईन सेवा शुरु
रसुवा । जग्गा जमिन खरिद बिक्री सम्बन्धि कारोवारको सेवा छिटोछरितो प्रदान गरि अभिलेख ब्यवस्थित र सुरक्षित पार्न रसुवा मालपोत कार्यालय रसुवाले पनि अनलाइन सेवा सुरू गरेको छ । अनलाइन सेवाको भूमि व्यवस्थापन तथा अभिलेख बिभागका महानिर्देशक गोकर्णमणि दुवाडीले शुभारम्भ गरेका हुन् ।
आइतबारबाट सुरू भए लगातै सेवाग्राहीले अनलाइन सुविधा लिन थालिसकेका छन ।
आर्थिक वर्ष २०७६।०७७ को सुरूवातसँगै अनलाइन सेवा सुचारू गर्ने नीति र निर्देशन भए पनि सेवा सञ्चालनको आन्तरिक ब्यवस्थापनका कारण केही ढिलाई हुन गएको मालपोत प्रमुख गणेश श्रेष्ठले बताए ।
सेवाले भूमिको स्वामित्व खरिद बिक्रि गर्न आउने सेवाग्राहीको काम छिटो छरितो हुने, दिनेलिने दुबै सेवाग्राहीको फोटो, ल्याप्चे तथा दस्तखत कम्प्युटरमा समेत रहने भएकाले अनलाइन सेवा बढी भरपर्दाे र विश्वसनीय हुने बताईएको छ ।
जग्गाको कारोबार सम्बन्धि प्रतिलिपि माग भएमा सरोकारवालालाई माग गरेको केही मिनेटमै उपलब्ध गराउन सहज हुने बताउदै महानिर्देशक दुवाडीले भने, पोका पारी राखेका अभिलेख खोज्ने कामको झन्झन्ट बन्द हुने, जग्गाधनी प्रमाण पुर्जाको ढड्डाका कुनै अंक वा अक्षर नष्ट भएमा कम्प्युटरको अभिलेखबाट कार्य सम्पादनमा सहज हुनेछ ।’
हिमाली जिल्ला रसुवाकै इतिहासमा सुरू भएको पहिलो अनलाइन सेवाले रसुवाका ४३ हजार भन्दा बढी नागरिकले जग्गाको कारोवार छिटो छरितो सम्पादन गर्न गराउन सहज हुनेमा आशावादी भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।
यसअघि राजधानको कलंकी र साँखु मालपोत कार्यालयबाट याे सेवा सुरू गरिसकेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका र इरान सहमत
इरान–अमेरिका बीच दुई हप्ते युद्धविराम सहमति
बढी शुल्क र भर्ना लिए तत्काल कारबाही गर्न स्थानीय तहलाई पत्राचार





प्रतिक्रिया