मालपोत कार्यालय रसुवामा अनलाईन सेवा शुरु

विदुर खबर २०७६ भदौ १६ गते २०:१४

रसुवा । जग्गा जमिन खरिद बिक्री सम्बन्धि कारोवारको सेवा छिटोछरितो प्रदान गरि अभिलेख ब्यवस्थित र सुरक्षित पार्न रसुवा मालपोत कार्यालय रसुवाले पनि अनलाइन सेवा सुरू गरेको छ । अनलाइन सेवाको भूमि व्यवस्थापन तथा अभिलेख बिभागका महानिर्देशक गोकर्णमणि दुवाडीले शुभारम्भ गरेका हुन् ।

Advertisement

आइतबारबाट सुरू भए लगातै सेवाग्राहीले अनलाइन सुविधा लिन थालिसकेका छन ।

आर्थिक वर्ष २०७६।०७७ को सुरूवातसँगै अनलाइन सेवा सुचारू गर्ने नीति र निर्देशन भए पनि सेवा सञ्चालनको आन्तरिक ब्यवस्थापनका कारण केही ढिलाई हुन गएको मालपोत प्रमुख गणेश श्रेष्ठले बताए ।

Advertisement

सेवाले भूमिको स्वामित्व खरिद बिक्रि गर्न आउने सेवाग्राहीको काम छिटो छरितो हुने, दिनेलिने दुबै सेवाग्राहीको फोटो, ल्याप्चे तथा दस्तखत कम्प्युटरमा समेत रहने भएकाले अनलाइन सेवा बढी भरपर्दाे र विश्वसनीय हुने बताईएको छ ।

जग्गाको कारोबार सम्बन्धि प्रतिलिपि माग भएमा सरोकारवालालाई माग गरेको केही मिनेटमै उपलब्ध गराउन सहज हुने बताउदै महानिर्देशक दुवाडीले भने, पोका पारी राखेका अभिलेख खोज्ने कामको झन्झन्ट बन्द हुने, जग्गाधनी प्रमाण पुर्जाको ढड्डाका कुनै अंक वा अक्षर नष्ट भएमा कम्प्युटरको अभिलेखबाट कार्य सम्पादनमा सहज हुनेछ ।’

Advertisement

हिमाली जिल्ला रसुवाकै इतिहासमा सुरू भएको पहिलो अनलाइन सेवाले रसुवाका ४३ हजार भन्दा बढी नागरिकले जग्गाको कारोवार छिटो छरितो सम्पादन गर्न गराउन सहज हुनेमा आशावादी भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

यसअघि राजधानको कलंकी र साँखु मालपोत कार्यालयबाट याे सेवा सुरू गरिसकेका छन् ।

प्रतिक्रिया