कुवेत जाने राष्ट्रिय फुटबल टिमको विदाई

विदुर खबर २०७६ भदौ १३ गते ९:४५

नुवाकोट । फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको विदाई गरिएको छ ।

Advertisement

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार कुवेतसँगको ‘अवे खेल’ खेल्न जाने नेपाली टोलीलाई विदाई गरेको हो । नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिब रमेश सिलवाल लगायत एन्फा पदाधिकारीले विदाई गरे । नेपाली टोली आइतबार विहान कुवेत प्रस्थान गर्नेछ ।

कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपको छनोट अन्तर्गत नेपालले भदौ १९ गते कुवेतसँग उसैको मैदानमा खेल्नेछ ।

Advertisement

नेपालले कुवेत र चाइनिज ताइपेसँग खेल्ने २३ सदस्सीय टोलीको घोषणा बिहिबार नै गरिसकेको छ । नेपालले ताइपेसँग भदौ २४ गते उसैको मैदानमा खेल्नेछ ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।

Advertisement

विदाई कार्यक्रम बोल्दै मुख्य प्रशिक्षक योहान कालिनले कुवेतसँग यसअघि पनि खेलिसकेको कारण नेपालकै स्तरको टिम रहेको बताए । उनले खेल प्रतिस्पर्धात्मक हुने समेत बताए ।

यस्तै प्रशिक्षक कालिनले नियमित कप्तान विराज महर्जन राम्रो खेलाडी भएको भएपनि यसपटक टिममा राख्न नसकिएको बताए । प्रशिक्षक कालिनले बिराजको अनुपस्थितिमा टिमका सबै खेलाडीले कप्तानी गर्न सक्ने समेत बताए ।

यस्तै एन्फा अध्यक्ष शेर्पाले अष्ट्रेलियाबाहेक अन्य टिमसँग नेपालले खेलिसकेको कारण उत्कृष्ट प्रदर्शन गरेर स्वदेश फर्किनेमा आफु आशावादी रहेको बताए ।

सदस्य सचिब सिलवालले कुवेत हाम्रै स्तरको भएको कारण दबाब रहित खेल्न आग्रह गरे ।

नेपाली टिम :

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर : रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई

फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

प्रतिक्रिया