अवरुद्ध पासाङल्हामु राजमार्ग खुल्यो


रसुवा । गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक व्रावल भिरमा भदौ ८ गतेदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग बिहीबार साँझदेखि खुलेको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार विष्फोटक पर्दाथको सहायताले भिरको पहरो विष्फोटन गराई राजमार्ग खुला गरिएको हो । छेउतर्फ पर्खाल लगाउन बढी समय लाग्ने प्राविधिकले निचोड निकालेपछि विष्फोटक पदार्थको सहायताले पहरो फोरी सडक खुलाइएको नेपाली सेनाको कालीप्रसाद गणले जनाएको छ । उक्त गणको प्राविधिक टोलीले पहरामा विष्फोट गराई तीन दिनको प्रयासबाट आज उक्त राजमार्ग खुलाएको हो ।
सडक विभागको स्काभेटरलगायत मेशिनको सहायताले ढुङ्गा फोरी आंशिकरूपमा यातायात सञ्चालन गरिएकामा पहरा फुटाएपश्चात् आजदेखि पूर्णरूपमा यातायात सञ्चालनमा आएको छ । राजमार्गमा यातायात सञ्चालन गराउन नेपाली सेनाको कालीजङ्ग गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, डिभिजन सडक कार्यालयका प्राविधिकलगायत खटिएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया