अवरुद्ध पासाङल्हामु राजमार्ग खुल्यो


रसुवा । गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक व्रावल भिरमा भदौ ८ गतेदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग बिहीबार साँझदेखि खुलेको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार विष्फोटक पर्दाथको सहायताले भिरको पहरो विष्फोटन गराई राजमार्ग खुला गरिएको हो । छेउतर्फ पर्खाल लगाउन बढी समय लाग्ने प्राविधिकले निचोड निकालेपछि विष्फोटक पदार्थको सहायताले पहरो फोरी सडक खुलाइएको नेपाली सेनाको कालीप्रसाद गणले जनाएको छ । उक्त गणको प्राविधिक टोलीले पहरामा विष्फोट गराई तीन दिनको प्रयासबाट आज उक्त राजमार्ग खुलाएको हो ।
सडक विभागको स्काभेटरलगायत मेशिनको सहायताले ढुङ्गा फोरी आंशिकरूपमा यातायात सञ्चालन गरिएकामा पहरा फुटाएपश्चात् आजदेखि पूर्णरूपमा यातायात सञ्चालनमा आएको छ । राजमार्गमा यातायात सञ्चालन गराउन नेपाली सेनाको कालीजङ्ग गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, डिभिजन सडक कार्यालयका प्राविधिकलगायत खटिएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












एमालेमा नेतृत्वका लागि मतदान हुँदै
शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते





प्रतिक्रिया