रसुवागढी नाका जोड्ने सडकमा साढे २ घण्टा सवारी सञ्चालन रोकिने
विदुर खबर
२०७६ भदौ १२ गते ११:०२
रसुवा । रसुवागढी नाका जोड्ने सडकमा बिहीबार साढे २ घण्टा सवारी सञ्चालन रोकिने भएको छ । राम्चे धुन्चे सडकखण्ड अन्तर्गत ब्राबल भीरमा बिहीबार बिहान साढे १० बजेदेखि दिउँसो १ बजेसम्म ‘ब्लाष्टिङ’ गरिने भएकाले सडक बन्द गर्न लागिएको हो ।
सडक भासिएपछि अहिले आंशिक रूपमा सडक सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । गएको मंगलबार बिहानदेखि पहरामा होल खोप्ने काम सुरु भएको थियो । बुधबार बेलुकीसम्ममा ४८ वटा होल खोपिएको छ ।
६० वटा होल खोपेपछि ब्लाष्टिङ गर्ने तयारी छ । पहरा फुटाएर बाटो पूर्ण रूपमा सञ्चालनमा ल्याउन समय लाग्ने देखिएपछि अस्थायी बाटो बनाएर सवारी पास गराइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया