रसुवागढी नाका जोड्ने सडकमा साढे २ घण्टा सवारी सञ्चालन रोकिने

विदुर खबर २०७६ भदौ १२ गते ११:०२

रसुवा । रसुवागढी नाका जोड्ने सडकमा बिहीबार साढे २ घण्टा सवारी सञ्चालन रोकिने भएको छ । राम्चे धुन्चे सडकखण्ड अन्तर्गत ब्राबल भीरमा बिहीबार बिहान साढे १० बजेदेखि दिउँसो १ बजेसम्म ‘ब्लाष्टिङ’ गरिने भएकाले सडक बन्द गर्न लागिएको हो ।

Advertisement

सडक भासिएपछि अहिले आंशिक रूपमा सडक सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । गएको मंगलबार बिहानदेखि पहरामा होल खोप्ने काम सुरु भएको थियो । बुधबार बेलुकीसम्ममा ४८ वटा होल खोपिएको छ ।

६० वटा होल खोपेपछि ब्लाष्टिङ गर्ने तयारी छ । पहरा फुटाएर बाटो पूर्ण रूपमा सञ्चालनमा ल्याउन समय लाग्ने देखिएपछि अस्थायी बाटो बनाएर सवारी पास गराइएको छ ।

Advertisement

प्रतिक्रिया