प्रचारप्रसारको अभावमा गुमनाम बन्दै रसुवाको दुधकुन्ड

विदुर खबर २०७६ भदौ १२ गते ८:०५

रसुवा । रसुवाको दुधकुण्ड प्रचारप्रसारको अभावमा गुम्नाम बन्दै गएको छ ।

Advertisement

तामाङ भाषामा पेदाङछो भनिने दुधकुण्ड रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ स्थित नेपाल चीनको सिमानामा पर्दछ । ४ हजार ७ सय मिटर उचाईमा रहेको यो कुण्डमा बर्षेनी फट्टफुट्ट पर्यटकहरु पुग्ने गर्दछ । धार्मिक एवं पर्यटकीय महत्व बोकेको रसुवाको गोसाईकुण्ड लगायतका यस्ता ठाउँहरु रहेका छन् । यो कुण्ड आजभन्दा १५ वर्ष अगाडि लामा गुरुहरूले पत्ता लगाएको हो । पैदल यात्राबाट ४ दिन लाग्ने दुधकुण्ड र गत्लाङको पार्वतीकुण्ड दिदीबहिनी हो भन्ने जनविश्वास पाइन्छ । यहाँ जनैपूर्णिमामा विशेष मेला लाग्ने गर्दछ तर बर्षेनी भने लाग्दैन ।

टिमुरेका प्रमुख लामा गुम्बोवाङडा लामाको भनाई अनुसार फुलको बोट र तोर्मा जस्तै आकृति देखिने भएकाले यसलाई स्थानीय भाषामा पेदाङछो भनिएको हो । कुन्डमा हेर्दा दूध जस्तै देखिने भएकाले दुधकुण्ड नामाकरण गरिएको उनले बताए ।बाटोको अभावका कारण यसको महत्वबारे कमैलाई मात्र थाहा छ । यस कुण्डमा पुगेर भाकल गरे चिताएको पुग्ने लामाले बताए । जिल्लामा यस्त धार्मिक पर्यटकीय स्थानहरु प्रचारप्रसारको अभावमा ओझेल परिरहेका छन् । ‘यस कुण्डलाई प्रचारप्रसार गरे गाउँपालिकालाई नै फाइदा हुनेछ’, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले भने, ‘रसुवालाई पर्यटकीय आर्कषणको केन्द्र कायम गर्ने हो भने यस्ता चीजहरूको संरक्षण गर्न जरूरी रहेको छ ।’

Advertisement

प्रतिक्रिया