नेकपाको ३२ विभाग प्रमुखमा २ मात्र महिला

विदुर खबर २०७६ साउन ३१ गते १९:५१

Advertisement

नुवाकोट, पार्टी सचिवालयको शुक्रबार बसेको बैठकले तोकेको जिम्मेवारी अनुसार उद्योग तथा वाणिज्य विभागको प्रमुखमा राधा ज्ञवाली र खानेपानी तथा सरसफाइ विभागको प्रमुखमा बिना मगर तोकिएका हुन् ।

३२ विभागका उपप्रमुखहरूमा ४ जना महिला छन् । जसमध्ये खानेपानी तथा सरसफाइ विभागमा ममता गिरी, सामान्य प्रशासन विभागको उपप्रमुखमा रेखा शर्मा, स्थानीय तहको उपप्रमुखमा उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या विभागको उपप्रमुखमा अञ्जना विसंखे रहेका छन् ।

Advertisement

यस्तै शुक्रबारकै बैठकले ७ वटै प्रदेश कमिटीमा सह–इन्चार्जहरू पनि तोकेको छ । प्रत्येक प्रदेशमा दुई\दुईजना गरी १४ जना सह–इन्चार्ज हुँदा गण्डकी प्रदेशमा एकजना महिला यशोदा सुवेदी (गुरुङ) परेकी छिन् ।

प्रतिक्रिया