क्विक्स कपको उपाधि जेडि बोर्डिङलाई,चन्द्रज्योति ४–२ गोल अन्तरले पराजित
नुवाकोट , नुवाकोटमा संचालन भएको क्विक्स कप अन्तर माध्यामिक विद्यालय फूटबल प्रतियोगिताको उपाधि जेडि बोर्डिङले हात पारेको छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा विहीबार साँझ सम्पन्न खेलमा चन्द्रज्योति माध्यामिक विद्यालयलाई ४–२ गोल अन्तरले पराजित गर्दे जेडि बोर्डिङले उपाधिमाथि कब्जा जमाएको हो । तर खेलको पहिलो हाफको सात मिनमै दुई गोल गरेर चन्द्रज्योति माविले खेलमा अग्रता लिएको थियो ।
त्यसपछि खेलमा लगागत चन्द्रज्योतिको पोष्टमा आक्रमण गरेको जेडिले लगातार दुई गोल गेपछि पहिलो हाफमा खेल बराबरीमा सकिएको थियो ।
खेलको दोस्रो हाफमा निकै उत्कृष्ट खेल प्रर्दशन गरेको जेडि बोर्डिङले थप दुई गोल गर्दै खेल ४–२ गोलअन्तरले आफ्नो पक्षमा पार्न सफल भयो । प्रतियोगिताको उपाधि विजेता जेडि बोर्डिङ र उपविजेता चन्द्रज्योति माध्यामिक विद्यालयलले ट्रफी,मेडल र प्रमाणपत्र पाएका छन । प्रतियोगिताको विजेता जेडि बोर्डिङले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ
प्याकुरेल पुनः कांग्रेसमा सक्रिय
कांग्रेस सभापति गगन थापा आज नुवाकोट आउँदै
नेपाली कांग्रेस विदुरको मोटरसाईकल र्याली सम्पन्न





प्रतिक्रिया