पन्चकन्याकी किताकुमारी पाइन ७५ वर्षको उमेरमा नागरिकता


७५ क्षेत्रीलाई नागरिकता वितरण गर्दै जिजस नुवाकोटकी उपप्रमुख अप्सरा थापा
नुवाकोट साउन १, नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ५ कि किताकुमारी क्षेत्रीले बुधबार ७५ बर्षको उमेरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट नागरिकता पाएकी छिन ।
जिल्ला समन्वय समिति नुवाकोटकी उपप्रमुख अप्सरा थापाको विशेष पहलमा किताकुमारीले नागरिकता प्राप्त गरेकी हुन । किताकुमारीलाई बुधबार जिल्ला समन्वय समितिकी उपप्रमुख थापाले जिल्ला प्रशासन कार्यालयमा नागरिकता हस्तान्तरण गरेकी हुन । ७५ वर्षिय किताकुमारीलाई हस्तान्तरण गरिएको नागरिकतामा उनको जन्म मिति वि.स.२००१ साल चैत्र १९ गते उल्लेख गरिएको छ । उनले लिएको नागरिकताको प्रमाणपत्र नम्बर २५÷०१÷७६÷०२७४८ उल्लेख गरिएको छ ।
किताकुमारीलाई जिल्ला समन्वय समितिकी उपप्रमसख अप्सरा थापाले स्कार्पियो मार्फत नुवाकोट ल्याउने र काठमाण्डौ लैजाने व्यवस्था मिलाइदिएकी थिइन । काठमाण्डौमा छोरीसँग बस्दै आएकी किताकुमारीले जीवनको उत्तार्धमा भएपनि नागरिकता पाएपछि खुशी व्यत्त गरिन । उनले जिसस उपप्रमुख थापाले नागरिकता बनाउन पहल गरेपछि आफु नागरिकता बनाउन नुवाकोट आएको बताइन । नागरिकता पाएपछि किताकुमारीले नागरिकको पहिचान पाएको बताइन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया