पन्चकन्याकी किताकुमारी पाइन ७५ वर्षको उमेरमा नागरिकता

विदुर खबर २०७६ साउन १ गते १५:४४
७५ क्षेत्रीलाई नागरिकता वितरण गर्दै जिजस नुवाकोटकी उपप्रमुख अप्सरा थापा

  ७५ क्षेत्रीलाई नागरिकता वितरण गर्दै जिजस नुवाकोटकी उपप्रमुख अप्सरा थापा

नुवाकोट साउन १, नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ५ कि किताकुमारी क्षेत्रीले बुधबार ७५ बर्षको उमेरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट नागरिकता पाएकी छिन ।

Advertisement

जिल्ला समन्वय समिति नुवाकोटकी उपप्रमुख अप्सरा थापाको विशेष पहलमा किताकुमारीले नागरिकता प्राप्त गरेकी हुन । किताकुमारीलाई बुधबार जिल्ला समन्वय समितिकी उपप्रमुख थापाले जिल्ला प्रशासन कार्यालयमा नागरिकता हस्तान्तरण गरेकी हुन । ७५ वर्षिय किताकुमारीलाई हस्तान्तरण गरिएको नागरिकतामा उनको जन्म मिति वि.स.२००१ साल चैत्र १९ गते उल्लेख गरिएको छ । उनले लिएको नागरिकताको प्रमाणपत्र नम्बर २५÷०१÷७६÷०२७४८ उल्लेख गरिएको छ ।

किताकुमारीलाई  जिल्ला समन्वय समितिकी उपप्रमसख अप्सरा थापाले स्कार्पियो मार्फत नुवाकोट ल्याउने र काठमाण्डौ लैजाने व्यवस्था मिलाइदिएकी थिइन । काठमाण्डौमा छोरीसँग बस्दै आएकी किताकुमारीले जीवनको उत्तार्धमा भएपनि नागरिकता पाएपछि खुशी व्यत्त गरिन । उनले जिसस उपप्रमुख थापाले नागरिकता बनाउन पहल गरेपछि आफु नागरिकता बनाउन नुवाकोट आएको बताइन । नागरिकता पाएपछि किताकुमारीले नागरिकको पहिचान पाएको बताइन ।

Advertisement

प्रतिक्रिया