सोमपाल कामी क्यानडा क्रिकेट लिगमा छनौट

विदुर खबर २०७६ असार ६ गते १३:०८

नुवाकोट असार ६, नेपाली राष्ट्रिय क्रिकेट टिमका तिव्र गतिका वलर सोमपाल कामी क्यानडा क्रिकेट लिगमा छनौट भएका छन ।

Advertisement

बिहीवार भएको क्यानडाको ग्लोबल टी-२० क्रिकेट लिगमा विनिपेग हक्सले छनोट गरेपछि कामी अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट खेल्ने सन्दिप लामिछानेपछि दोस्रो नेपाली खेलाडी बनेका छन्।

सन् २०१४ मा नेपाली क्रिकेटमा भविष्य खोज्दै कीर्तिपुर क्रिकेट मैदानमा पुग्दा कामी राम्ररी नेपाली भाषा बोल्न सक्ने थिएनन्।। तीब्र गतिमा बल फाल्न सक्ने उनको गजबको क्षमता भने थियो। गुल्मी घर भएका कामीका बुबा कामको सिलसिलामा भारतको पञ्जाबमा गएपछि कामीले त्यतै क्रिकेट सिकेका थिए।नेपालका तत्कालिन प्रशिक्षक पुबुदु दशानायकेले उनको प्रतिभा मन पराए र विश्वकप छनोटमा टोलीमा समावेश गरे।त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन। अहिले उनी राष्ट्रिय टोलीका प्रमुख सदस्य बनिसकेका छन्।

Advertisement

प्रतिक्रिया