टेलिफोन लाइनमा डाइरेक्ट करेन्ट जाँदा ल्याण्डलाइनमा क्षति
विदुर खबर
२०७५ पुष २८ गते १२:५६
रसुवा, टेलिफोन लाइनमा डाइरेक्ट करेन्ट जाँदा जिल्ला सदरमुकाम धुन्चेमा सञ्चालित ल्याण्डलाइनहरूमा क्षति पुगेको छ ।
टेलिफोन लाइनबाट डाइरेक्ट करेन्ट पास भएपछि एक्चेन्जमा फ्युज गएसँगै धुन्चेमा शनिबार दिउँसोबाट टेलिफोन सेवा समेत अवरुद्ध भएको छ । घरमा जडान गरिएका टेलिफोनबाट वा पोलबाट नै तारमा करेन्ट गएको भन्ने पत्ता नलागेको नेपाल टेलिकम रसुवाका प्रमुख भीमराज भुसालले बताए ।
समस्याको समाधानका लागि प्रयास गरिरहेको उनको भनाइ छ । गत बिहिबार पनि यही समस्याका कारण टेलिफोन तथा इन्टरनेट सेवा बन्द भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया