प्रदेशस्तरीय चुनावी समीक्षा गर्दै राप्रपा
विदुर खबर
२०८३ वैशाख ८ गते १५:३७
नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशस्तरीय चुनावी समीक्षा तथा संगठन पुनर्ताजगी कार्यक्रम सुरु गर्ने भएको छ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज मधेश प्रदेशको बर्दिबासबाट कार्यक्रम सुरु गरिएको हो। बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा र संगठन सुदृढीकरणबारे छलफल हुने उनले बताए।
कार्यक्रम अन्तर्गत वैशाख १० गते कोशी प्रदेश (इटहरी), १२ गते गण्डकी प्रदेश (आबुखैरेनी), १४ गते लुम्बिनी प्रदेश (भैरहवा), १५ गते बागमती प्रदेश (काठमाडौं) र १७ गते सुदूरपश्चिम प्रदेश (महेन्द्रनगर) मा बैठक तय गरिएको छ।

कर्णाली प्रदेशको बैठकको मिति भने पछि तय गरिने पार्टीले जनाएको छ। कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङलगायत नेताहरूको उपस्थिति रहनेछ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने ५० प्रतिशत पनि पुगेनन्
सुन्धारा कारागारबाट फरार कैदी धादिङका गुरुङ समातिए
आजको मौसम : हल्का वर्षाको सम्भावना
संखुवासभामा पुस्तकालय स्थापना





प्रतिक्रिया