रसुवाबाट एमालेको महाधिवेशनका लागि ८ प्रतिनिधि चयन 

विदुर खबर २०८२ मंसिर १५ गते १९:५२

रसुवा । नेकपा एमालेकाे ११ औँ महाधिवेशनका लागि रसुवाबाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन् ।

Advertisement

पार्टीकाे जिल्ला कमिटीले खुला,महिला,दलित तथा युवाकाेटा गरेर कुल ८ जना प्रतिनिधि छनौट गरेको हो ।

खुला तर्फ कैसाङ नुर्पु तामाङ,सुरेन्द्रराज लम्साल,छाेवाङ तेन्जिङ तामाङ र कर्णेल तामाङ रहेका छन् । महिला तर्फ चमेली गुरूङ,सुजना लामा छन् भने दलित तर्फ चमेली सुनुवार र युवा तर्फ कुमार नगरकाेटि चयन भएका छन्।

Advertisement

नेकपा एमाले रसुवाले पहिलो पटक विगतमा सहमति र नेतृत्व कै मनाेनयनमा सहमति रहने आन्तरिक प्रक्रियालाई यस वर्ष पहिलो पटक मतदान मार्फत पारदर्शी र खुला बनाई शनिवार मतदान गरी प्रतिनिधि चयन गरेको हो ।

आसन्न ११ औँ महाधिवेशनका लागि रसुवामा सर्वसम्मतले प्रतिनिधि छनौट गर्न सफल भएको नेकपा एमाले रसुवाका उपाध्यक्ष कैसाङ नुर्पु तामाङ ले जानकारी दिए।

Advertisement

प्रतिक्रिया