रसुवामा मोटरसाइकल दुर्घटना, दुई जना गम्भीर घाइते 

विदुर खबर २०८२ कार्तिक ७ गते ८:२३

रसुवा । रसुवाको कालिका २ स्याउवारिमा बुधवार मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

Advertisement

इलाका प्रहरी कार्यालय कालिकास्थानका प्रहरी ईन्चार्ज प्रहरी निरिक्षक पन्नालाल प्रसाद यादवका अनुसार घाइते हुनेमा नाैकुण्ड गाउँपालिकाका कुशल तामाङ र उनकाे श्रीमती सञ्चिता तामाङ रहेका छन् उनीहरू बुधवार स्याउवारिबाट आफ्नो घर जाँदै थिए ।

माेटरसाइकल अनियन्त्रित भई सडकबाट बायाँ पट्टि नालीमा पल्टिन गई गम्भीर घाइते भएका दुवै जनालाई प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

Advertisement

प्रतिक्रिया