तेस्रो सुर्यगढी कप फुटबल प्रतियोगिता स्थगित
विदुर खबर
२०८२ असोज १ गते २१:२२
नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर ३ मा आगामी असोज ७ गतेदेखि हुन भनिएको तेस्रो सुर्यगढी कप नुवाकोट जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता स्थगित भएको छ ।

सुर्यगढी नव युवा क्लबको आयोजना तथा सुर्यगढी गाउँपालिका संरक्षकत्वमा आगामी असोज ७ गतेदेखि १३ गतेसम्म हुने भनिएको प्रतियोगिता देशमा भएको जेनजी आन्दोलन र त्यसबाट सिर्जित परिस्थितलाई मध्यनजर गरेर स्थगित गरिएको क्लबका अध्यक्ष राजु तामाङले जानकारी दिए ।
मंगलवार क्लब अध्यक्ष तामाङले एक सुचना जारी गर्दे अर्काे सुचना नआएसम्मको लागि प्रतियोगिता स्थगित गरिएको जानकारी दिए ।

त्यस्तै क्लबले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुप्रति श्रदान्जली अर्पण गर्दै मृतक परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया