रसुवाको लाङटाङ–क्यान्जिन पदमार्गमा फोरजी सेवा सुरु
नुवाकोट । नेपाल टेलिकमले लाङटाङ–क्यान्जिन पदमार्गमा उक्त क्षेत्रका बासिन्दा तथा पर्यटकलाई लक्षित गरी फोरजी मोबाइल सेवा सञ्चालन गरेको छ ।

काठमाडौंदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गका रूपमा चिनिने यस क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाले पर्यटकलाई यात्रा क्रममा सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना प्रियजनसँग साटासाट गर्न सहयोग पुग्ने टेलिकमको विश्वास छ ।
समुद्री सतहबाट करिब ३ हजार ८ सय मिटर उचाइमा अवस्थित क्यान्जिन उपत्यकामा नयाँ बीटीएस जडान गरेर टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।
रसुवा गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने र स्याफ्रुबेँसीबाट लगभग २ दिनको पैदल यात्रामा पुगिने मनमोहक पर्यटकीय स्थल क्यान्जिन उपत्यका स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो ।
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने यस उपत्यकामा टेलिकमको फोरजी सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीयवासिन्दा, घुम्न आउने पर्यटक तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायी समेत दूरसञ्चार सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
चेक, व्यवसाय र न्याय: नेपाली व्यवसायीमाथि बढ्दो अन्याय र कानुनी सुधारको अपरिहार्यता
सिन्धुली कार दुर्घटना, ३ जना सुनकोशी नदीमा बेपत्ता
जर्मनीमा गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो





प्रतिक्रिया