चिलिमे जलविद्युतको नाफामा सामान्य वृद्धि

नुवाकोट । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानी सामान्य बढेको छ ।

कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत ८२ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.४२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत ७८ करोड २५ लाख आर्जन गरेको थियो ।
कम्पनीको आम्दानी बढेसँगै नाफा समेत बढेको छ । अघिल्लो आवमा ४६ करोड ६२ लाख रहेको कम्पनीको नाफा बढेर ५० करोड ७८ लाख पुगेको छ । यसरी कम्पनीको नाफा ८.९४ प्रतिशतले बढेको छ ।
कम्पनीले यो अवधिमा ९ करोड वित्त आम्दानी र २ करोड ८५ लाख अन्य आम्दानी गरेको छ ।
यो अवधिसम्म कम्पनीको प्रत्यक्ष खर्च ८ करोड ३९ लाख, रोयल्टी खर्च १० करोड ४५ लाख, कर्मचरी खर्च २ करोड ८० लाख, प्रशासनिक खर्च १ करोड ५३ लाख र ह्रासकट्टी खर्च ५ करोड ५२ लाख रहेको छ ।
८ अर्ब ७८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीले २ अर्ब ५१ करोड रुपैयाँ रिटेन्ड अर्निङका लागि छुट्टाएको छ । कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ७८ करोड रुपैयाँ र कुल चालु दायित्व १९ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.७१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२८.६१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३३.९५ रुपैयाँ, तरलता अनुपात १४.२९ प्रतिशत र मूल्य आम्दानी अनुपात ६४.९० गुणा कायम भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया