नेपाल आइसिसी महिला टि-२० क्रिकेट बरियताको १८औँ स्थानमा
काठमाडौं– नेपाल आइसिसी महिला टि–२० क्रिकेटको बरियतामा समावेस भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १८औँ स्थानमा परेको हो। ४६ राष्ट्रलाई समावेस गर्दै आइसिसीले निकालेको बरियतामा नेपालले १ सय १७ अङ्क पाएको छ।
नेपाली महिला क्रिकेट पछिल्लो समय सुस्ताउँदै गएको छ। तर, नेपालले एकदिवसीय मान्यता पाएपछि नेपाली महिला क्रिकेटलाई पनि टि–२० मान्यता प्रदान गरिएको छ। नेपालले पछिल्लो पटक गत मङ्सिरमा थाइल्यान्डमा भएको विश्व टि–२० एसिया छनोट खेलेको थियो।
बरियताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ। अष्ट्रेलियाले २ सय ८० अङ्क पाएको छ। यस्तै, न्युजिल्यान्ड दोस्रो, इङ्ग्ल्यान्ड तेस्रो, वेष्टइण्डिज चौथो र भारत पाँचौं, दक्षिण अफ्रिका छैटौं, पाकिस्तान सातौँ, श्रीलङ्का आठौँ, बङ्गलादेश नवौँ र आयरल्याण्ड १०औँ स्थानमा छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया