रसुवाको टिमुरेमा अर्को महिनाबाट सुख्खा बन्दरगाह निर्माण थालिने

रसुवा असोज ११, रसुवाको टिमुरेमा अक्टोबरबाट सुक्खा बन्दरगाह निर्माण सुरु हुने भएको छ । द आर्किटेक्चरल रिकोनाइसेन्स एन्ड डिजाइन इन्स्टिच्युट अफ टिबेट अटोनोमस रिजन कम्पनीले टिमुरेमा निर्माण हुने सुक्खा बन्दरगाहको लागत स्टिमेटसहितको फाइनल डिजाइन तयार गरिसकेको छ ।
नेपाल र चीनबीच भएको सम्झौताअनुसार चिनियाँ पक्षले सुक्खा बन्दरगाह निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । चीन सरकारले सन् २०१४ मा बन्दरगाह बनाउन प्रारम्भिक सहमति जनाएको थियो । भूकम्पलगत्तै सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनले केरुङको विकासलाई बढी प्राथमिकता दिँदै आएको छ । बन्दरगाह ८.५ हेक्टर क्षेत्रफलमा निर्माण हुनेछ । संरचना निर्माणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जबाट ५ र सर्वसाधाणको ३.५ हेक्टर जमिन अधिग्रहण गरी जग्गाको व्यवस्थापन भइसकेको छ । जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासनमार्फत करिब ४८ करोड भुक्तानी भइसकेको छ । बन्दरगाहमा ५ हजार २ सय स्क्वायर वर्गमिटरको सुविधा सम्पन्न मुख्य भवन हुनेछ । भवनमा भन्सारका लागि अफिस र क्वाटरसहितको सुविधा हुनेछ । त्यसमा प्रशासनिक कार्यकक्ष, क्वारेनटाइन, बैंक, ल्याब, सुरक्षालगायतका कार्यालयहरू रहनेछन् । बन्दरगाहमा ३ सय ५० भन्दा बढी ट्रक तथा कन्टेनरहरू राख्न सकिने पार्किङ स्थल निर्माण हुने नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर प्रमोद आचार्यले बताए । ७ सय ५० स्क्वायर वर्ग मिटरको क्षेत्रफलमा गोदाम घर निर्माण हुनेछ । २ हजार २ सय स्क्वायर वर्गमिटरको सेड निर्माण हुनेछ । सामान जाँचपास टर्मिनल, चेकपोस्टलगायत आधारभूत संरचना निर्माण हुनेछ ।
रसुवागढी नाका हुँदै चीनबाट आयात हुने वस्तु यसै बन्दरगाहमार्फत नेपाल भित्रिनेछ । भन्सार, अध्यागमनलगायतका कामसमेत सुक्खा बन्दरगाहबाट हुनेछ । चीनले आफ्नो भूभाग रसुवागढी नाकाबाट करिब ३० किलोमिटर टाढा केरुङमाथि पाङसिङमा आधुनिक बन्दरगाह निर्माण गर्ने बताएको छ । चीनको सिगात्सेदेखि केरुङसम्मको दूरी करिब ४ सय ५० किमि छ । चीनले सन् २०२३ सम्म केरुङलाई रेल सञ्जालबाट जोड्ने लक्ष्य राखेको छ । पछिल्लो समय चीनसँग स्थल मार्गबाट यही नाका हुँदै व्यापार भइरहेको छ । चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले यसको व्यावसायिक महत्त्व बढदै गएको छ । रेलबाट ल्याएको सामानलाई सिधै ट्रकमा लोड गरी सुक्खा बन्दरगाहमा ल्याएर आवश्यक प्रक्रिया पूरा गर्न सजिलो हुनेछ । रसुवागढी नाकाबाट स्याफ्रु, मैलुङ, त्रिशूली, गल्छी हुँदै दक्षिण एसिया जोड्ने सबैभन्दा छोटो रुटको सडक हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













अब राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी प्यान नम्बर आफैँले लिन सकिने
दुर्गा प्रसाईं पक्राउ
एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी
एनपीएलको दोस्रो संस्करण आजबाट सुरु हुँदै
बागमती प्रदेश सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण





प्रतिक्रिया