नुवाकोटका निर्माण व्यवसायीहरुद्धारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
विदुर खबर
२०८० साउन १४ गते १३:५७

नुवाकोट । नुवाकोटका निर्माण व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आईतवार धर्ना एक घण्टा धर्ना दिएका छन् ।
विभिन्न ९ बुँदे मागसहित आफुहरुले धर्ना दिएको नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले जानकारी दिए ।
अध्यक्ष प्याकुरेलले सम्पन्न भएका निर्माण कार्यहरुको भुक्तानी समयमै गर्नुपर्ने, भुक्तानी अभावले निर्माणाधिन कार्यको म्याद थप गर्नुपर्ने, सार्बजनिक खरिद ऐन र नियमावली संशोधन गर्नुपर्ने लगायतका माग राखि आफुहरु विरोधमा उत्रिएको बताए ।
उनले नेपाल निर्माण व्यवसायी महासंघले सुरु गरेको आन्दोलनमा समेत एक्यवद्धता जनाउन जिल्ला प्रशासन कार्यलयमा प्रत्येक दिन १० बजे देखि धर्ना कार्यक्रमको सुरुवात भएको छ ।
धर्ना कार्यक्रममा निर्माण व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया