बैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई विदुर नगरपालिकाको सहयोग
नुवाकोट । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई विदुर नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
विदुर नगरपालिका, रोजगार सेवा केन्द्रको आयोजनामा बैदेसिक रोजगारबाट फर्केका ३३ जनालाई नगरपालिकाले उद्यमशील प्रर्वद्धन गर्नको लागि भन्दै जनही ४१ हजार रुपैयाँले अनुदान उपलब्ध गराएको हो ।
बिहिबार नगरपालिकामा आयोजित एक कार्यक्रममा नगरपालिकाका मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा बोगटी लगायतले युवाहरुलाई अनदान रकम वितरण गरेका हुन् ।
विदेशबाट फर्केका युवाहरुलाई आवश्यकताको आधारमा स्वरोजगार बनाएर काम गर्नकै लागि विदेश जानबाट रोक्न अनुदान रकम वितरण गरेको मेयर राजन श्रेष्ठले बताए । उनले स्वरोजगारमार्फत युवाहरुलाई सक्रिय गराउन सके नगरको समेत आम्दानी बढ्ने बताए ।
कार्यक्रममा उमपेयर प्रभा बोगटीले रोजगारीकै लागि भनेर विदेशिने अवस्थाको अन्त्य गर्न नगरपालिका लागि परेको बताइन् ।
कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार खनाल, विभिन्न वडाका वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया