विदुर नगरपालिकाको १३ औ नगरसभा आज हुँदै
विदुर खबर
२०८० असार १० गते ६:२९
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको १३ औ नगरसभा आज बस्दै छ ।
जिल्ला समन्वय समिति नुवाकोटको सभाहलमा विहान ८ बजेबाट शुरु हुने नगरसभाले नगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पास गर्ने कार्यक्रम रहेको छ ।
गत वर्षको तुलनामा यो वर्ष नगरपालिकाको बजेट केही कम हुने एक कार्यपालिका सदस्यले बताए । नगरपालिका गतवर्षदेखि ऋणमा रहेको भन्दै बजेट कम गर्न लागिएको हो ।
नगरपालिकाको बजेट यस वर्ष शिक्षा, कृषि, स्वास्थ्य र पर्यटन लगायतको क्षेत्रमा बढी केन्द्रित भएको छ ।
प्रत्येक वडालाई दिने बजेटको सिलिङ समेत कम भएर ६० लाखमा पुग्ने देखिएको छ ।
Advertisement
विगतका वर्षहरुमा बजेट घोषणा हुँदा प्रत्येक वडालाई एक÷एक करोड रुपैयाँ बाँड्ने गरिएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया