डर र लोभमा नफसी गठबन्धनका उम्मेदवारलाई भोट हाल्नुस् : तामाङ
नुवाकोट । पूर्वमन्त्री एवं वाम-लोकतान्त्रिक गठबन्धनबाट नुवाकोट-१ का साझा उम्मेदवार हितबहादुर तामाङले कसैको डर र लोभमा नफसी निर्धक्कले गठबन्धनलाई भोट हाल्न मतदातालाई आग्रह गर्नुभएको छ ।
सूर्यगढी १ स्थित डिठास्वाँरा, सानू भोर्लेका मतदाताहरुलाई शुक्रबार सम्बोधन गर्नुहुँदै निवर्तमान संघीय सांसद तामाङले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुनै डर र लोभबिना मतदान गर्न आग्रह गर्नु भएको हो ।
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तामाङले बोरेभञ्ज्याङ- डिठ्ठा स्वाँरा-सानो भोर्ले हुँदै रसुवा जोड्ने सडकको नामांकन भइसकेको जनाउँदै आफूहरु निर्वाचित भएपछि त्यो सडकलाई थप बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘भोट हालेर हामीलाई जिताउनुहोस् । बजेट हाल्छौं, प्रतिबद्ध छौं,’ तामाङले भन्नुभयो ।
प्रदेशसभा १ (२) का प्रत्यक्ष उम्मेदवार एवं नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले गाउँपालिका र प्रदेशमा पहल गरेर जनताको विकासको चाहनामा सहयोग पुर्याउने वचनबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो उद्देश्य नै गाउँको विकास गर्ने हो ।
संघमा आदरणीय हितबहादुर तामाङ र प्रदेशमा म (रमेशकुमार महत) र राधिका तामाङलाई जिताउनुहोस् ।’ गठबन्धन दलका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुलाई सुर्यगढी १ स्थित डिठास्वरा, सानू भोर्लेका मतदाताहरुले फूलमालासहित भव्य स्वागत गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की





प्रतिक्रिया