लाङटाङ क्षेत्रमा बाह्य पर्यटक बढे
नुवाकाेट । नेपालको तेस्रो पर्यटकीय गन्तव्यस्थल लाङ्टाङ तथा धार्मिक क्षेत्र गोसाइँकुण्डमा पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य मात्रामा बढेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।
दशैं पर्व सकिन लागेसँगै यस क्षेत्रको प्राकृतिक अवलोकन गर्न सुहाउँदो मौसम तथा कोभिडका कारण बन्द रहेका होटल तथा लज पुर्ण रुपमा सञ्चालन हुनु र पदमार्ग सुरक्षित हुनाले पनि अहिले आन्तरिक तथा बाह्य गरी दैनिक सरदर करिब पाँच सयको हाराहारीमा पर्यटकको आवागमन भइरहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी भुपेन्द्र यादवले जानकारी दिनुभयो ।
लाङटाङ क्षेत्रमा भूकम्प पछि असामान्य भएको स्थानीयको दैनिकी पनि अहिले पुरानै अवस्थामा फर्किएको छ भने यस क्षेत्रका स्थानीयहरु अहिले पर्यटन प्रवर्द्धनमा केन्द्रित हुँदै गएका छन । २०७२ सालको भूकम्प अघि वार्षिक सत्र हजार बाह्य पर्यटकले भ्रमण गर्ने लाङटाङ क्षेत्रमा अहिले बाह्य पर्यटकसहित आन्तरिक पर्यटकको आवागमन बढेको हो ।
लाङटाङ र गोसाइँकुण्ड जाने स्वदेशी पर्यटकहरुसँग प्रवेश शुल्क लिन थालेपछि तथ्याङ्क राख्न थालिएको निकुञ्जले बताएको छ । निकुञ्जले स्वदेशी पर्यटकसँग एक सय रुपैयाँ र बिदेशी पर्यटकहरुसँग तीन हजार रुपैयाँका दरले प्रवेश शुल्क लिँदै आएको छ ।
यस क्षेत्रमा आउने पर्यटकले गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्य, निकुञ्ज क्षेत्रभित्रका जैविक विविधता, दुर्लभ वन्यजन्तु रेडपान्डा, हिमचितुवा र कस्तूरी मृग लगायत जीवजन्तु रामसार साइटमा सूचीकृत धार्मिक तीर्थस्थल गोसाइँकुण्ड, तामाङ सम्पदामार्ग भित्र रहेको तामाङ कला र संस्कृति अवलोकन गर्ने पाउने छन् ।
काठमाडौंबाट छोटो र सजिलो पदमार्ग मध्येको लाङटाङ पदमार्ग रहेकाले छोटो समयमै ५ हजार मिटर अग्ला दर्जनौँ हिमाल देखिने भएकाले लाङटाङ पदमार्ग पर्यटकको रोजाइमा परेको स्थानीय होटेल व्यवसायीले बताएका छन् । लाङटाङ र क्यान्जेन उपत्यकामा साना र ठुला गरि ४९ वटा होटेल सञ्चालनमा रहेका छन् ।-
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया