नुवाकोटको थानापतिबाट रवि लामिछानेद्धारा विरामीको उद्धार
विदुर खबर
२०७९ भदौ ६ गते १२:३०

नुवाकोट । रााष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछालेले नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिबाट एक खुट्टा भाचिएका युवकको रबि उद्धार गरेका छन् ।
नुवाकोटमा आईतवार राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रम सकेर काठमाडौ जाने क्रममा छहरे–टोखा सडकखण्डमा सवारीसाधन नपाएर तड़पिरहेका युवकको आफन्तजनको अनुरोध पश्चात् घाइते युवकको लामिछानेले उद्धार गरेका हुन् ।
थानापतिस्थित स्थानीय डिलबहादुर तामाङका ११ वर्षीय छोरा लुली तामाङको रबि लामिछाने र दिपक बोहरा लगायतको समूहले उद्धार गरेको हो । खुट्टा भाचिएका तामाङको हाल महाराजगन्ज स्थित शिक्षण अस्पतालमा उपचार भैरहेको बताइएको छ ।
Advertisement
पछिल्लो समय छहरे–टोखा सडक खण्डमा रुटगत सवारीसाधन दिउँसो २ बजेदेखि नचल्ने भएपछि स्थानीयले यस्को मार खेप्दै आइरहेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया