कांग्रेसका लागि ६० प्रतिशत सिट पनि कमै हुन्छ : केसी

नुवाकोट । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी निर्वाचनमा ६० प्रतिशत सिट पनि कांग्रेसका लागि कमै हुने बताएका छन् ।
सत्ता गठबन्धन दलबीच आगामी चुनावमा तालमेल गरेर जाने निर्णय भइसकेर सिट बाँडफाँडको गृहकार्य भइरहेका बेला उनले कांग्रेसले गठबन्धनमा कम्तीमा ६० प्रतिशत सिट पाउनुपर्ने दाबी गरे ।
‘कांग्रेस आज मुुलुकको सबैभन्दा ठूलो पार्टी हो । हामी परिबन्धले अहिले गठबन्धन गर्नुपर्ने अवस्थामा पुगेका छौँ । यसमा कांग्रेसे ६० प्रतिशत सिट पाउनुपर्ने कुरा सामान्य हो,’ उनले भने, ‘हामीसँग धेरै जना नेताहरू हुनुहुन्छ । संगठन छ । त्यसैले ६० प्रतिशत सिट पनि कमी नै हुन्छ । तर फेरि पनि सहमतिमा दुई चार सिट तलमाथि हुन सक्छ ।’ उनले सिट बाँडफाँडको मापदण्ड र उम्मेदवार चयन पारदर्शी हुनुपर्ने बताए ।
‘एउटा गठबन्धन बनाउनैपर्ने बाध्यात्मक अवस्थाबाट गुज्रिएर हामी यहाँसम्म आइपुगेका छौँ । हामी गठबन्धनको नेतृत्वमा छौँ । त्यहीआधारमा केन्द्रीय कार्यसमितिले गठबन्धन गर्ने निर्णय गरिसकेको छ,’ उनले भने, ‘तर त्यस्तो गठबन्धनमा सिट बाँडफाँट कसरी भइरहेको छ भनेर सबै कार्यकर्ताले थाहा पाउनुपर्छ । नेताहरुको रुची र स्वार्थका आधारमा कोहीलाई पाखा लगाउने र कोहीलाई काखा च्याप्ने काम हुनुहुदैन ।’
उनले गठबन्धनमा इमान्दारिता हुनुपर्ने बताए । ‘हामीले स्थानीय चुनावमा पनि देख्यौँ । एकातिर गठबन्धन छ, अर्कोतिर मिलेमतो भएको छ । धोकाधडी भएको छ, अहिले त्यस्तो हुनुहुन्नँ । त्यसकोलागि गठबन्धनले आचारसंहिता बनाएर जारी गरोस् । त्यो गठबन्धनका सबै दलले मान्नुपर्छ, तबलमात्रै नतिजा निस्किन सक्छ,’ उनले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया