कांग्रेसका लागि ६० प्रतिशत सिट पनि कमै हुन्छ : केसी
नुवाकोट । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी निर्वाचनमा ६० प्रतिशत सिट पनि कांग्रेसका लागि कमै हुने बताएका छन् ।
सत्ता गठबन्धन दलबीच आगामी चुनावमा तालमेल गरेर जाने निर्णय भइसकेर सिट बाँडफाँडको गृहकार्य भइरहेका बेला उनले कांग्रेसले गठबन्धनमा कम्तीमा ६० प्रतिशत सिट पाउनुपर्ने दाबी गरे ।
‘कांग्रेस आज मुुलुकको सबैभन्दा ठूलो पार्टी हो । हामी परिबन्धले अहिले गठबन्धन गर्नुपर्ने अवस्थामा पुगेका छौँ । यसमा कांग्रेसे ६० प्रतिशत सिट पाउनुपर्ने कुरा सामान्य हो,’ उनले भने, ‘हामीसँग धेरै जना नेताहरू हुनुहुन्छ । संगठन छ । त्यसैले ६० प्रतिशत सिट पनि कमी नै हुन्छ । तर फेरि पनि सहमतिमा दुई चार सिट तलमाथि हुन सक्छ ।’ उनले सिट बाँडफाँडको मापदण्ड र उम्मेदवार चयन पारदर्शी हुनुपर्ने बताए ।
‘एउटा गठबन्धन बनाउनैपर्ने बाध्यात्मक अवस्थाबाट गुज्रिएर हामी यहाँसम्म आइपुगेका छौँ । हामी गठबन्धनको नेतृत्वमा छौँ । त्यहीआधारमा केन्द्रीय कार्यसमितिले गठबन्धन गर्ने निर्णय गरिसकेको छ,’ उनले भने, ‘तर त्यस्तो गठबन्धनमा सिट बाँडफाँट कसरी भइरहेको छ भनेर सबै कार्यकर्ताले थाहा पाउनुपर्छ । नेताहरुको रुची र स्वार्थका आधारमा कोहीलाई पाखा लगाउने र कोहीलाई काखा च्याप्ने काम हुनुहुदैन ।’
उनले गठबन्धनमा इमान्दारिता हुनुपर्ने बताए । ‘हामीले स्थानीय चुनावमा पनि देख्यौँ । एकातिर गठबन्धन छ, अर्कोतिर मिलेमतो भएको छ । धोकाधडी भएको छ, अहिले त्यस्तो हुनुहुन्नँ । त्यसकोलागि गठबन्धनले आचारसंहिता बनाएर जारी गरोस् । त्यो गठबन्धनका सबै दलले मान्नुपर्छ, तबलमात्रै नतिजा निस्किन सक्छ,’ उनले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया