पौडेलसहित तीनजनालाई कारवाही गर्ने सुर्यगढी कांग्रेसको निर्णय
नुवाकोट । नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकाको संस्थापन पक्षले नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (ख) का सभापतिसहित अन्य तीन जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने निर्णय गरेको छ ।
मंगलवार काठमाण्डौमा वसेको संस्थापन समुहको बैठकले नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (ख) का सभापति रामजी पौडेल, गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घले र गाउँपालिकाको उप–सभापति कालु तामाङलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने निर्णय गरेको हो ।

बैठकले कारवाही गरिएको भनेका प्रदेश सभापति रामजी पौडेल ।
प्रदेश सभापति पौडेललाई गत वैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा व्यापक आर्थिक चलखेल गरि पदिय दुरुपयोग गरेको तथा पार्टीको विधान विपरित अनाधिकृत बैठक राखेर पार्टीमा विखन्डन ल्याएको भन्दै नेपाली कांग्रेसको विधान २०१७ संशोधन २०५५ परिच्छेद ९ नियम ८ अनुसार हदैसम्मको कारवाहीको लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति, प्रदेश कार्य समिति र क्षेत्र हुँदै केन्द्रिय कार्य समितिलाई कारवाही गर्न सिफारिस गरिएको सुर्यगढी गाउँपालिकाका सभापति शंकर प्याकुरेलले जानकारी दिए ।
यस्तै बैठकले कांग्रेसको तर्फबाट गाउँपालिकामा निर्वाचित भएका सन्तवहादुर घलेलाई समेत कारवाही गर्ने निर्णय भएको नेपाल तरुण दल नुवाकोटका सचिव सुवन गिरीले जानकारी दिए । घलेलाई २०७४ सालमा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीलाई असहयोग गरेको तथा पार्टी बिखन्डनमा महत्वपुर्ण भुमिका खेलको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने निर्णय भएको सुर्यगढी गाउँपालिकाका सभापति शंकर प्याकुरेलले विदुर खबरलाई बताए ।
त्यस्तै बैठकले गाउँपालिकाकाका उप–सभापति कालु तामाङले पार्टीको विधान विपरित बैठक वसी सभापति हटाएको भन्दै प्रचार गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही लागि माथिल्लो निकायमा सिफारिस गरेको छ ।
बैठकले सोमवार सम्पन्न भएको भनिएको बैठकको कुनैपनि निर्णय लागु नहुने भन्दै त्यसको बैधानिकतामाथि समेत प्रश्न उठाएको छ । बैठकले आफुहरु पार्टीको आधिकारी कार्यसमिति रहेको भन्दै आफुहरुसँग बहुमत सदस्य रहेको समेत दाबी गरेको छ ।
बैठकमा नेपाली कांग्रेसका विभिन्न भातृ तथा जनविर्गय संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
सुर्यगढीमा कांग्रेसका सभापति प्याकुरेलसहित एकदर्जन कारवाहीमा
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













१० केजी गाँजासहित एक जना पक्राउ
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
विद्यार्थीहरूलाई पोसाक वितरण





प्रतिक्रिया