सुर्यगढीमा कांग्रेसका सभापति प्याकुरेलसहित एकदर्जन कारवाहीमा
नुवाकोट । गत वैशाख ३० गते सम्पन्न भएको स्थानिय निर्वाचनमा पार्टीका आधिकारीक उम्मेद्धवारहररुलाई हराउन लागेको भन्दै नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकाले गाउँपालिकाका सभापति शंकर प्याकुरेलसहित एक दर्जन नेता तथा कार्यकर्ता कारवाहीमा परेका छन् ।
आज गाउँपालिकाका उप–सभापति कालु तामाङको नेतृत्वमा वसेको बैठकले निर्वाचनमा आफ्नो पार्टीको आधिकारी उम्मेद्धवारलाई हराउन लागेको भन्दै गाउँपालिकाका सभापति शंकर प्याकुरेल, उप–सभापति रामकुमार गिरी, सचिव शंकर शन अधिकारी र सह–सचिव प्रकाश भट्टराईलाई कारवाही गर्ने निर्णय गरेको नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकाका सचिव वासु लम्सालले जानकारी दिए ।
यस्तै कारवाहीमा पर्ने अन्यमा तरुण दल नुवाकोटका सचिव सुवन गिरी, सुर्यगढी–काठमाण्डौ सम्पर्क समितिका सभापति दिपेन्द्र गिरी, नुवाकोट क्षेत्र नम्बर १ का क्षेत्रिय सदस्य ईन्द्रप्रसाद लामिछाने, नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (ख) सह–सचिव सचिन्द्र कुमार अधिकारी र चतुमन अधिकारी रहेका छन् ।
उनीहरुलाई कारवाहीको लागि वडाबाटै सिफारिस आएकोले कारवाहीको निर्णय गरि माथिल्लो निकायमा सिफारिस गरिएको गाउँपालिकाका उप–सभापति कालु तामाङले जानकारी दिए । साथै उनीहरुलाई कारवाही गर्ने सबैको सर्वसहमत निर्णय भएको नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (ख) का सभापति रामजी पौडेलले जानकारी दिए ।
बैठकमा सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घले, नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (ख) का सभापति रामजी पौडेल, महाधिवेशन प्रतिनिधि कुमार गुरुङ, शिवप्रसाद अधिकारी, सुर्यगढी गाउँपालिका वडा नम्बर २ र ४ का वडाध्यक्ष, पार्टीका विभिन्न प्रतिनिधि तथा विभिन्न भातृ संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया