‘नुवाकोटे टाइगर’ वडा सदस्यमा विजयी
नुवाकोट । स्थानीय तह सदस्य निर्वाचनमा नुवाकोटमा नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर उर्फ कमल तामाङ विजयी भएका छन्।

उनले शिवपुरी गाउँपालिका-६ मा उल्लेख्य मतल्याई वडा सदस्यमा विजय प्राप्त गरेका हुन्। तामाङले नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट वडाध्यक्ष विष्णु श्रेष्ठको प्यानलबाट खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका थिए। तामाङले नेपाली कांग्रेसका अभियान आचार्यलाई २ सय ४१ मतको मतान्तरले पारजित गरेका हुन्।
यस्तै वडाध्यक्ष पदमा श्रेष्ठले ७ सय ६१, महिला सदस्यमा भगवती बुढाथोकीले ७ सय ७०, दलित महिला सदस्यमा जानुका नेपालीले ७ सय ६० र खुल्ला सदस्यमा विशाल थापाले ७ सय ११ मत प्राप्त गरी विजयी भएका थिए।
पद तथा गोपनियताको सपथग्रहण गर्दै उनले गाउँपालिकाको कार्यालय शेराबगरमा गाउँवासीको आदेश अनुसार शिवपुरीको विकासका लागि नियमित रुपमा क्रियाशील हुने प्रतिवद्धता जनाएका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया