विदुर ३ मा गठबन्धनका उम्मेद्धवार रिमालको प्रारम्भीक अग्रता
विदुर खबर
२०७९ जेठ २ गते १५:४०

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा गठबन्धन दलका उम्मेद्धवार बद्री रिमालले अग्रता लिएका छन् ।

हालसम्म २५ सय ३६ मतगणना हुँदा रिमालले ११ सय ७५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेद्धवार प्रदिप घिमिरेले ११ सय १२ मत प्राप्त गरेका छन् । रिमाल र घिमिरेको मतान्तर मात्र ५३ मत रहेको छ ।
त्यस्तै महिला सदस्य, दलित महिला सदस्य र खुल्ला पुरुष सदस्यमा एमालेका उम्मेद्धवारले नै अग्रता लिएका छन् ।
४ हजार ४ सय ८४ मतदाता रहेको विदुर ३ मा ३१ सय ५० मत खसेको थियो ।
हालसम्म विदुुर ३ बाट मेयरमा कांग्रेसका राजन श्रेष्ठलाई १२ सय ९२ र एमालेका सञ्जु पण्डितलाई ९ सय ६५ मत प्राप्त भएको छ ।
Advertisement
यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी प्रभा बोगटीलाई १०३८ मत प्राप्त हुँदा एमालेकी अम्बिका नेपाललाई ९ सय ९४ मत प्राप्त भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया