विदुर ३ मा गठबन्धनका उम्मेद्धवार रिमालको प्रारम्भीक अग्रता
विदुर खबर
२०७९ जेठ २ गते १५:४०
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा गठबन्धन दलका उम्मेद्धवार बद्री रिमालले अग्रता लिएका छन् ।

हालसम्म २५ सय ३६ मतगणना हुँदा रिमालले ११ सय ७५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेद्धवार प्रदिप घिमिरेले ११ सय १२ मत प्राप्त गरेका छन् । रिमाल र घिमिरेको मतान्तर मात्र ५३ मत रहेको छ ।
त्यस्तै महिला सदस्य, दलित महिला सदस्य र खुल्ला पुरुष सदस्यमा एमालेका उम्मेद्धवारले नै अग्रता लिएका छन् ।
४ हजार ४ सय ८४ मतदाता रहेको विदुर ३ मा ३१ सय ५० मत खसेको थियो ।
हालसम्म विदुुर ३ बाट मेयरमा कांग्रेसका राजन श्रेष्ठलाई १२ सय ९२ र एमालेका सञ्जु पण्डितलाई ९ सय ६५ मत प्राप्त भएको छ ।
Advertisement
यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी प्रभा बोगटीलाई १०३८ मत प्राप्त हुँदा एमालेकी अम्बिका नेपाललाई ९ सय ९४ मत प्राप्त भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया