नुवाकोटमा उम्मेद्धवारहरु घरदैलोमा व्यस्त
स्थानिय तहको निर्वाचन नजिकिएसँगै नुवाकोटमा राजनितिक दलहरु घरदैलोमा व्यस्त्त हुन थालेका छन् ।

निर्वाचन आउँन दुई साता बाँकी रहको अवस्थामा उम्मेद्धवारहरु घरघरमा पुगेर मतदातासँग भोट माग्न व्यस्त भएका हुन् । दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा चारसय ६४ पदका लागि एकहजार ९ सय ८८ जना उम्मेद्धवारहरु मैदानमा उत्रिएका छन् ।
उम्मेद्धवाहरु विकासे कार्यक्रम, स्वास्थ्य, शिक्षा, खानेपानी र रोजगारीको नारा लिएर मतदाताको घरघरमा पुग्न थालेका हुन् । विभिन्न राजनितिक दलहरूले संगठन विस्तार, पार्टी प्रवेश कार्यक्रमलाई अगाडि बढाइरहेका छन ।
यसअघिनै बलियो भएका पार्टीहरू मुख्य प्रतिसपर्धीलाई जित्ने गरी रणनिति बनाउँदै छन भने कमजोर भएका दलहरूले सङ्गठन विस्तारलाई प्राथमिकता दिइरहेका छन ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायत साना दलले जिल्लाको १२ वट्टै स्थानिय तहमा निर्वाचन केन्द्रित गतिविधिहरु अगाडि बढाइरहेको राजनितिक दलहरुले बताएका छन् । नुवाकोटमा नेपाली कांग्रेस माओवादी केन्द्र र एकिकृत समाजवादीले जिल्लाको विदुर नगरपालिका,बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा गठबन्धन गरेका छन् भने अन्य ९ स्थानिय तहमा नेकपा माओवादी केन्द्र र नेकपा एकिकेत समाजवादीले गठबनधन गरेका छन् ।

गत स्थानिय तहको निर्वाचनमा ७ गाउँपालिका जितेको नेपाली कांग्रेसले विदुर नगरपालिकाको मेयर पाएको छ भने माओवादी केन्द्रले उपमेयर लिएको छ । जिल्लाको सदरमुकाम रहेको विदुर नगरपालिकाको निर्वाचनलाई सबैले चासोका साथ हेरेका छन् ।
गठबन्धनमा आवद्धदलहरु चुनावी प्रचार अभियानमा एकजुट भएर हिँड्दा निर्वाचनको माहोल नै फरक बनेको मतदाताहरुले बताउने गरेका छन् । कांग्रेस , एमाले र माओवादीका उम्मेद्धवारहरुले आफ्नो विरासत जोगाउन जनताको घरदैलोमा पुगिरहेको बताएका छन् । विशेष गरि गठबन्धनका दलहरु आफुलाई बलियो बनाएर स्थानीयह तहको निर्वाचनमा होमिने तयारीमा छन् ।

नुवाकोटमा रााष्ट्रिय ६ दलसहित २८ राजनीतिक दलहरुले निर्वाचनमा भाग लिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया