नुवाकोटमा उम्मेद्धवारहरु घरदैलोमा व्यस्त

विदुर खबर २०७९ वैशाख २० गते ७:५०

स्थानिय तहको निर्वाचन नजिकिएसँगै नुवाकोटमा राजनितिक दलहरु घरदैलोमा व्यस्त्त हुन थालेका छन् ।

Advertisement

निर्वाचन आउँन दुई साता बाँकी रहको अवस्थामा उम्मेद्धवारहरु घरघरमा पुगेर मतदातासँग भोट माग्न व्यस्त भएका हुन् । दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा चारसय ६४ पदका लागि एकहजार ९ सय ८८ जना उम्मेद्धवारहरु मैदानमा उत्रिएका छन् ।

उम्मेद्धवाहरु विकासे कार्यक्रम, स्वास्थ्य, शिक्षा, खानेपानी र रोजगारीको नारा लिएर मतदाताको घरघरमा पुग्न थालेका हुन् । विभिन्न राजनितिक दलहरूले संगठन विस्तार, पार्टी प्रवेश कार्यक्रमलाई अगाडि बढाइरहेका छन ।

Advertisement

यसअघिनै बलियो भएका पार्टीहरू मुख्य प्रतिसपर्धीलाई जित्ने गरी रणनिति बनाउँदै छन भने कमजोर भएका दलहरूले सङ्गठन विस्तारलाई प्राथमिकता दिइरहेका छन ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायत साना दलले जिल्लाको १२ वट्टै स्थानिय तहमा निर्वाचन केन्द्रित गतिविधिहरु अगाडि बढाइरहेको राजनितिक दलहरुले बताएका छन् । नुवाकोटमा नेपाली कांग्रेस माओवादी केन्द्र र एकिकृत समाजवादीले जिल्लाको विदुर नगरपालिका,बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा गठबन्धन गरेका छन् भने अन्य ९ स्थानिय तहमा नेकपा माओवादी केन्द्र र नेकपा एकिकेत समाजवादीले गठबनधन गरेका छन् ।

Advertisement

गत स्थानिय तहको निर्वाचनमा ७ गाउँपालिका जितेको नेपाली कांग्रेसले विदुर नगरपालिकाको मेयर पाएको छ भने माओवादी केन्द्रले उपमेयर लिएको छ । जिल्लाको सदरमुकाम रहेको विदुर नगरपालिकाको निर्वाचनलाई सबैले चासोका साथ हेरेका छन् ।

गठबन्धनमा आवद्धदलहरु चुनावी प्रचार अभियानमा एकजुट भएर हिँड्दा निर्वाचनको माहोल नै फरक बनेको मतदाताहरुले बताउने गरेका छन् । कांग्रेस , एमाले र माओवादीका उम्मेद्धवारहरुले आफ्नो विरासत जोगाउन जनताको घरदैलोमा पुगिरहेको बताएका छन् । विशेष गरि गठबन्धनका दलहरु आफुलाई बलियो बनाएर स्थानीयह तहको निर्वाचनमा होमिने तयारीमा छन् ।

नुवाकोटमा रााष्ट्रिय ६ दलसहित २८ राजनीतिक दलहरुले निर्वाचनमा भाग लिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया