विदुर २ को वडाध्यक्षमा कांग्रेसबाट सुरजको चर्चा
नुवाकोट । सरकारले् आगामी वैशाख ३० गते स्थानिय निर्वाचनको घोषणा गरेसँगै जिल्लामा चुनावी सरगर्मी बढ्न थालेको छ ।

चियापसल, चोकचोकमा निर्वाचनकै विषयमा चर्चा हुन थालेको छ भने संभावित उम्मेद्धवारको विषयमा समते छलफल हुन थालेको छ । यसैक्रममा विदुर नगरपालिका वडा नम्बर २ मा सुरज श्रेष्ठको चर्चा हुन थालेको छ । वि.स २०५७ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनिति शुरु गरेका श्रेष्ठ अहिले समाजसेवासँगै राजनितिमा होमिएका छन् ।
२०६१ सालमा नेविसंघको जिल्ला सदस्य, नेपाली कांग्रेसको युवा संगठन तरुण दल क्षेत्र नम्बर ३ का उपसभापति र हाल तरुण दल नुवाकोट क्षेत्र नम्बर २ को सभापति रहेका उनीसँग राजनितिकसँगै समाजसेवामा लागेर व्यवस्थापकियको रुपमा काम गरेको समेत अनुभव रहेको छ ।
पहिरोले घर बगाएको बेलकोटगढी नगरपालिकाका पहिरो पिडितहरुलाई खाद्यान्न सहयोग उपलब्ध गराउनेदेखि कोरोना भाइरसको समयमा सरकारले जारी गरेको लकडाउनको समयमा असहायहरुलाई राहात वितरणको काम समेत गरेका थिए ।

हाल बट्टार युथ क्लबको अध्यक्ष तथा नुवाकोट जिल्ला फुटवल संघको जिल्ला सदस्य समेत रहेका उनी कांग्रेस विदुर वडा नम्बर २ को संभावित वडाध्यक्षको रुपमा हेरिएको छ ।
सो वडामा अहिले कांग्रेसको तर्फबाट वडाध्यक्षमा श्रेष्ठसँगै निर्वतमान वडा सभापति भिमसेन अर्याल, वासु सापकोटा र कृष्णराज अधिकारी नाम आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया