नुवाकोटका विकासप्रेमी नेता डा.लोहनी शुक्रवार नुवाकोट आउँदै

विदुर खबर २०७८ चैत १० गते १८:४६

नुवाकोट । रााष्ट्रिय प्रजातन्त्र पार्टी पुर्व अध्यक्ष डा.प्रकाचन्द्र लोहनी शुक्रवार नुवाकोट आउने भएका छन् ।

Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टी विदुर नगर कार्यसमितिको आयोजनमा हुने बिदुर नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न डा. लोहनी नुवाकोट आउन लागेको रााष्ट्रिय प्रजातन्त्र पार्टी विदुर नगर कार्य समितिका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए ।

उनीसँगै प्रशिक्षण दिन राप्रपाका केन्द्रिय महामन्त्री राजेन्द्र गुरुङ समेत नुवाकोट आउन लागेका छन् ।

Advertisement

डा. लोहनी नुवाकोट आउन लागेसँगै सबैको ध्यान राप्रपातर्फ केन्द्रित भएको छ । सरकारले वैशाख ३० गते स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेसँगै नुवाकोटमा विभिन्न राजनितिक दलका शिर्ष नेताहरु नुवाकोट आउन थालेका छन् ।

विभिन्न राजनितिक दलका नेताहरु जिल्ला आउन थालेसँगै नुवाकोटमा चुनावी सरगर्मी बढ्न थालेको छ ।

Advertisement

प्रतिक्रिया