ज्योति लाईफद्वारा ११ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी
नुवाकोट । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले दुर्घटनाबाट मृत्यु भएका बीमितको परिवारलाइ ११ लाखरुपैया हस्तान्तरण गरेको छ ।

मोटरसाईकल दुर्घटनामा परि निधन भएका बेलकोटगढी नगरपालिका वडा नम्बर १० का बासु बस्नेतका बुवा डिल बहादुर बस्नेतलाई सो बीमा बापतको रकम ज्योति लाइफ इन्स्योरेन्स बट्टार शाखाले हस्तान्तरण गरेको हो ।
मेरो माईक्रोफाईनान्स कम्पनि लिमिटेडमा कार्यरत वस्नेतले ज्योति लाइफ इन्स्योरेन्स कम्पनिमा सामुहिक म्यादि जीवन बिमालेख अन्र्तगत ५ लाख रुपैयाँको विमा सुविधा लिएको ज्योति लाइफ इन्स्योरेन्स नुवाकोट शाखा प्रमुख शिबराम प्याकुरेलले जानकारी दिए ।
दावी भुक्क्तानी रकम बुझ्दै मृतकका पिता डिलबहादुर बस्नेतले ज्योति लाईफ इन्स्योरेन्सले सरल र सहज तरिकाले दावि भुक्तानि प्रदान गरेको भन्दै खुशी व्यक्त गरे । उनले छोरा गुमेर गएपनि ज्योति लाईफ ईन्श्योरेन्सले बुढेसकालमा बाँच्ने सहारा प्रदान गरेको बताए ।
रकम दाबि भुक्तानी वितरण कार्यक्रममा ज्योति लाईफ ईन्श्योरेन्स कम्पनि त्रिशुली एरियाका क्षेत्रिय प्रबन्धक जयराम ढुंगानाले मृतकका पितालाई चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा मेरो माईक्रोफाईनान्स कम्पनिका प्रतिनिधि सुरज बास्तोला र मृतकका दाजु विशाल बस्नेतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया