प्रेस संगठन नुवाकोटको अध्यक्षमा गजुरेल
नुवाकोट । नेकपा एकीकृत समाजवादी पार्टी निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन नुवाकोटको अध्यक्षमा जमुना गजुरेल चयन भएकी छिन् ।

बिहिबार पार्टी कार्यालय विदुरमा आयोजित प्रथम जिल्ला भेलाले गजुरेलको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा हरिराम भेट्वाल, सचिवमा राममणी अधिकारी र कोषाध्यक्षमा दिपक थापा चयन भएका छन् ।
कमिटिको सदस्यहरुमा बिपस्ना बस्नेत, हरिजगं पाण्डे,सृर्जन पौडेल, मनोज न्यौपाने, सुबास भट्ट रहेका छन् ।
भेलाले समाजवादी प्रेस संगठन बाग्मती प्रदेश कमिटि सचिवको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा राजकुमार अर्याल (पुत्ला) र उत्तम श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश कमिटी सदस्य यमकुमार ख्याती, पार्टी उपसचिव उद्वव पनेरु, आर्थिक बिभाग प्रमुख रामकृष्ण राज भण्डारी, जिल्ला कमिटी सदस्य नारायण नेपाल, प्रकाश नेपाल, युवा नेता दिपेश चित्रकार लगाएतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु





प्रतिक्रिया