संगम साकोसको १७ औ वार्षिक साधारणसभा सम्पन्न

विदुर खबर २०७८ पुष १६ गते ९:४६

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिक साधारणसभा तथा २५ औ वार्षिकोत्सव सम्पन्न भएको छ ।

Advertisement

बुधवार बट्टारमा एक कार्यक्रम आयोजना गरि सहकारीले आफ्नो १७ औ वार्षिक साधारणसभा तथा २५ औ वार्षिकोत्सव मनाएको हो ।

साधारणसभामा अध्यक्ष नारायण श्रेष्ठले संचालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दे सहकारीले आर्थिक वर्ष २०७७÷७८ मा १०.८६ प्रतिशतले निक्षेप बृद्धि गरेको बताए । यस्तै आर्थिक वर्ष २०७७÷७८ मा सहकारीले २१ करोड ८६ लाख ५४ हजार ८६ रुपैयाँ ऋण लगानी गरेको र सहकारीको जगेडा कोषमा एक करोड २७ लाख ५२ हजार एकसय ४० रुपैयाँ रहेको बताए ।

Advertisement

यस्तै कोषाध्यक्ष दिनेश श्रेष्ठ बजेट, कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गर्दे सहकारीको सेयर पुँजी एक करोड ६८ लाख ७५ हजार रहेको बताए । सहकारीले आर्थिक वर्ष २०७७÷७८ मा १७ लाख ८१ हजार ९ सय ९५ रुपैया नाफा कमाएको श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

ले आर्थिक वर्ष २०७७÷७८ मा

Advertisement

प्रतिक्रिया