प्राधिकरण र अपी पावरबीच सम्झौता

काठमाडौँ, अपी पावर कम्पनीले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ ।
नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक अपी पावर कम्पनीबीच आज विद्युत् खरिद सम्झौता भएको हो । कम्पनीले धनुषाको ढल्केरबरमा १ मेगावाट र बाराको सिमरामा १ मेगावाटको सोलार पाल्न निर्माण गर्न लागेको हो । ती आयोजनासँग प्रतियुनिट ७ दशमलव ३० रुपैयाँमा २५ वर्षका लागि पीपीए भएको हो । पीपीएमा प्राधिकरण योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका प्रबन्ध निर्देशक सञ्जिव न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
उत्पादित विद्युत् परवानीपुरको ११ केभी परवानीपुर सबस्टेशनमा जोडिनेछ । “प्राधिकरणले कार्यवअधि १० महिना तोके पनि हामीले ७ महिनामै पूरा गर्ने लक्ष्य राखेका छौं,” कम्पनीका प्रबन्ध निर्देशक संजिव न्यौपानेले भन्नुभयोे, “भदौ महिनाभित्र चिनियाँ कम्पनीले काम शुरु गर्नेछ ।” कम्पनीले यसअघि साउन २७ गते पर्साको परवानीपुरमा ८ मेगावाट र रौतहटको चन्द्रनिगाहपुरमा ४ मेगावाटको गरी १२ मेगावाट क्षमताको दुई सौर्य परियोजनाको विद्युत खरिद सम्झौता नेपाल विद्युत प्राधिकरणसँग गरिसकेको छ ।
अपिले रिडी पावर कम्पनीसहित प्राधिकरण सबस्टेशन नजिक सौर्य विद्युत् जडान गर्न खुल्ला प्रतिस्पर्धाबाट १० स्थानको अनुमति लिएको छ । सरकारले २०७२ फागुनमा घोषणा गरेको ९९ बुँदे ‘ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशक’ सम्बन्धी कार्ययोजनामा प्रतियुनिट ९ दशमलव ६१ देखि ८ दशमलव ४५ रुपैयाँ ‘बेन्चमार्क’ तोकी पीपीए आह्वान गरेको थियो । तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् विकाससम्बन्धी कार्यविधि २०७४’ लागू भएपछि सोलार पीपीएको दर प्रतियुनिट ७ दशमलव ३० रुपैयाँ कायम गरियो ।
यसअघि अपि पावर कम्पनीले छोटो समयमा करीव १७ महिनाभित्र ८ दशमलव ५ मेगावट क्षमताको नौगड गाढ साना जलविद्युत् आयोजना सम्पन्न गरी २०७२ साल भदौै महिनादेखि विद्युत् प्रवाह गरिरहेको छ । त्यसैगरी कम्पनीले हाल निर्माण गरिरहेको सोही नदिमा ८ मेगावटको अपर नौगड गाढ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । कम्पनीले भविश्यमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना बनाउने तयारी गरिरहेको छ । यसका लागि अपि पावर कम्पनी र नेपाल विद्युत् प्राधिकरणको ग्रिड सञ्चालन विभागबीच गएको साउन २५ गते ४० मेगावाट क्षमताको माथिल्लो चमेलियाको ग्रिड कनेकशनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया