महामारीको मारमा रसुवाका तामाङ समुदाय
रसुवा । हेमनाथ खतिवडा, ग्रामीण पर्यटन विकासको लागि तामाङ सम्पदा मार्गको रोडम्याप तयार गरेर अघि बढेको तामाङ समुदायमा पूर्वाधार विकास गरेपनि विदेशी तथा स्वदेशी पर्यटक आउन छाडेपछि अहिले गाउँ सून्य प्रायः छ । गतलाङ गाउँमा मात्र अहिले १५ वडा पर्यटक लक्षित होटल, लज र होमस्टे रहेका छन् ।

तामाङ जातिको मात्र बस्ती रहेको यो स्थानमा लामो समय पर्यटन व्यवसायमा रमेर लागेका युवा हुन आमाछोदिङमो गाउँपालिका वडा नं ३ गत्लाङका विकास लामा उनले लामो समय ट्रेकिङ्ग गाइडको रुपमा देशका बिभिन्न हिमाली क्षेत्रमा पदयात्रा गरे । हिमाल घुमेर उनले पनि गाउँमा बिस्तारै होटल खोल्ने सोच बनाए । उनले स्टोनउड नामक होटल खोले । विदेशी तथा स्वदेशी पर्यटक आउन थालेका थिए । गाउँमा उनले मात्र हाइन १४ जनाले होटल लज र होमस्टे खोले तर २ वर्ष भयो पर्यटक सून्य भएको छ । कोरोना भाइरस (कोभिड–१९) को कारण ठूलो लगानी गरेर सुरु गरिएको व्यवसाय नचलेपछि समस्या भयो । अहिले कोभिड–१९ को प्रभाव कम भयो । नेपाल सरकारले भिसा दिने भनेपछि गाउँमा निकै उत्साह बढेको विकास लामाले बताए ।
रसुवामा विश्व प्रख्यात लाङटाङ, गोसाइकुण्ड, गणेश हिमाललगायत हिमश्रृखला यहाँको चर्चित पर्यटकीय क्षेत्र हो । वर्षेनी यहाँ हजारौं विदेशी पर्यटक आउथे । तामाङ समपदा मार्गमा पर्यटक आउने क्रम बढेको थियो तर कोरोना महामारीले २ वर्ष बित्न लाग्यो यहाँ सुनसान छ । आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङकी सर्की तामाङ होमस्टे सञ्चालक महिला हुन् । चार दशकको हाराहारी उमेरकी उनी विगत १४ वर्षदेखि होटल व्यवसायमा तल्लीन छिन् । गत्लाङ गाउँभरीमै आफुलाई सफल व्यावसायीको रुपमा आफुलाई उभ्याएकी थिइन । ‘महिलाहरू आर्थिक रुपमा आफैं बलियो हुनुपर्छ’ भन्ने आफ्नै मान्यताले गाउँमा उनलाई यो पेशा सुरु गर्न प्र्रेरित ग¥यो । उनका पति ट्रेकिङ गाइड हुन् । काठमाण्डौको ठमेलमा ट्रकिङ्ग एजेन्सी पनि छ । उनका पतिले पनि कहिलेकहिँ होमस्टेमा स्वदेशी तथा विदेशी पाहुनाहरू ल्याउँने गर्दथे । तामाङका ४ जना छोराछोरी छन् । कान्छी छोरी मात्र उनीसँगै छिन् । अरु ३ बालबालिका स्कुल तहको पढाइको लागि काठमाडौंमा छन् । घर खर्च छोराछोरीको पढाइ खर्च अहिलेसम्म होमस्टे थानेको थियो । अहिले कोरोना महामारीले थला परेको पर्यटन व्यवसाय कसरी उठ्ला उनलाइ यही चिन्ताको विषय छ ।

स्थानीय कर्साङ तामाङको आम्दानीको मुख्य स्रोत पनि होमस्टे नै हो । उनले आफ्नो र परिवारको खर्च यही व्यवसायबाट धान्दै आएका थिए । अहिले कर्साङ जस्तै गत्लाङमा धेरै महिलाले होमस्टे सञ्चालन गरेर आम्दानी गर्दै आएका छन् । सर्की तामाङ एक्लै हुँदा होमस्टेबाट लाखौं आम्दानी गर्थिन् । धेरै होमस्टे थिएन । पर्यटकहरूलाई अन्य बिकल्प पनि थिएन । पछिल्लो समय यो व्यवसाय गर्नेहरूको संख्या त बढेको छ तर कारोना भाइरसको कारण पर्यटक सून्य भएपछि पेशा धरापमा पर्ने चिन्ता छ । ‘पर्यटकहरू गत्लाङगाउँ आउनुको मूख्य कारण थियो कालोगाउँ । ‘ब्ल्याक भिलेज’ को नामले चर्चित गाउँ हेर्न पहिले ठाउँठाउँबाट मानिस आउँथे । स्थानीय विकास लामा भन्छन् अहिले न कालो गाउँ रह्यो न पर्यटक । भूकम्पले गत्लाङ गाउँको पहिचनमात्रै मेटाएन स्थानीय पर्यटन व्यवसायमा लागेका महिलाको पेशा नै धरापमा पर्ने भयो भन्ने चिन्तामा छन् । कोरोना पछि त यहाँ स्वदेशी पर्यटक पनि आउने वातावरण भएन ।

वर्षेनी कात्र्तिक, मंसिरको महिना र चैत, वैशाख वर्षमा दुईपटक विदेशी आउने मौसम हो । मौसममा गत्लाङ गाउँ पर्यटकले भरिभराउ हुन्थ्यो । रातभर नाँचगान गरेर पर्यटन समेत स्थानीय पहिरनमा नाँचेर रमाउथे । चारसय सयभन्दा बढि घरधुरी रहेको गत्लाङ गाउँमा सुरुमा सर्की तामाङको मात्रै होमस्टे थियो, ‘पल्दोर पिक होमस्टे’ । मूख्य सिजनमा दैनिक १०÷१५ जना विदेशी पाहुना हुन्थे, कहिलेकहिँ १००÷१५० जना विदेशी गाउँमा आउने गरेको अनुभव सर्की सुनाउँछिन् । उनले एउटै सिजनमा लाखौँको व्यापार गर्थिन् । ०७२ साल बैशाखको विनाशकारी भूकम्पपछि पर्यटक आउन ह्वत्तै घटेको छ, त्यसैले सिजनको समयमा समेत दैनिक रुपमा ४÷५ जना भन्दा हुँदैनन् । धेरै भयो भने पनि ३०÷४० जना पर्यटक हुन्छन् । पर्यटन व्यवसायसँगै आम्दानीको स्रोत घटेकामा उनलाइ चिन्ता लाग्न थालेको छ । बालबालिकाको उच्च शिक्षामा लगानी गर्नु छ । जानेको पेशा यही हो, कसरी नयाँ पेशा अपनाउने ? पर्यटकको आगमन बढ्न सकेन होमस्टेको संख्या गाउँमा बढेकाले थोरै पाहुना आउने र बाँडिने हुनाले व्यवसाय धान्न नसक्ने चिन्ता छ । भूकम्प जानुभन्दा पहिले गाउँभर जम्मा ३ ओटा होटल लज थिए । अहिले बढेर १५ ओटा पुगेका छन् । गत्लाङमा सञ्चालित मध्ये ७ वटा होमस्टे सञ्चालक महिला छन् । पर्यटक घट्ने र होमस्टे बढ्ने भएकाले पेशा नै परिवर्तन गर्नुपर्छ कि भन्ने डर लागेको तामाङको गुनासो छ ।
रुबि भ्याली गेष्ट हाउसका ठूलोकान्छ तामाङ भन्छन काभिड–१९ को नियन्त्रण पछि पर्यटन व्यवसाय उठ्छ । सरकारले विदेशी तथा स्वदेशी पर्यटक आउने वातावरण बनाएपछि हाम्रो गाउँमा पर्यटक आउछन् । कालोगाउँ अर्थात् ‘ब्ल्याक भिलेज’ को नामले चिनिने चर्चित रसुवाको उत्तरी भेगमा रहेको गत्लाङ गाउँ २०७२ सालको भूकम्पपछि सेतो, निलो, रातो टिनका पाताले रङ्गीचङ्गी भयो । गाउँमा रङ मात्र हैन दैनिकी पनि फेरिएको छ । केहीले त खेतीको काम पनिसँगै गर्न थालेका छन् । चार सय भन्दा बढी घरधुरी रहेको आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङगाउँमा भूकम्पअघि सबैजसो घरमा ढुङ्गा छिनोले बुट्टा भरेर लगाइएको गाहे र ‘पाङ्लेप’(फल्याक) ले छाएको छाना थियो । काठको छानाले गर्दा एकनासे देखिने गाउँ पूरै कालो देखिन्थ्यो । त्यसैले यहाँ आउने विदेशी पर्यटकले गत्लाङ गाउँको नाम ‘ब्ल्याक भिलेज’ राखिदिएका थिए । त्यसैले त्यो गाउँमा विदेशी तथा स्वदेशी पर्यटक बढेको थियो ।
पर्यटन व्यवसाय र जनजाति पर्यावाची जस्तै हो किनकी हिमाली क्षेत्रमा तामाङ र शेर्पाहरुको बसोबास छ र त्यस क्षेत्रमा पर्यटन व्यवसायमा मात्र होइन पिक चढ्नेदेखि, ट्रेकिङ्गमा गाइड, पोर्टरसम्म तामाङ तथा जनतातिकै प्रभाव बढि छ । अझै भन्दा पर्यटन व्यवसायको विकल्प नभएकाहरु महामारीको मारमा परेका छन् । तसर्थ लाङटाङ, गोसाइकुण्ड तथा तामाङ सम्पदामार्गमा पर्यटक लक्षित होटल व्यवसायी कोरोना महामारीको ठूलो मारमा छन् । रसुवाको सदरमुकाम धुन्चे, स्याफ्रुबेशी बजार क्षेत्रमा ठूलो लगानीमा खुलेका होटल लज सञ्चालकहरु महामारीका कारण झनै धेरै मारमा छन् ।
गत्लाङ ब्ल्याक भिलेजका नामले चिनियो । कालोगाउँका सबै घर उस्तै हुन्थे, झ्याल ढोकाको डिजाइन उस्तै हुन्थ्यो, कस्को घर कुन हो छुट्टयाउन मुस्किल यिथो किनकी उस्तै घर हुन्थे । झ्याल ढोकाको बुट्टाहरू उस्तै चिटिक्क हुन्थ्यो, ढुङ्गाको गाहे काठको छानो भएको दुई तले घरको भित्र पनि काठैकाठ हुन्थ्यो, काठै काठको घर भएकोले जति चिसो मौसममा पनि न्यानो हुन्थ्यो । हिमपातको समयमा पनि त्यहाँ सुत्न न्यानो हुन्थ्यो स्थानीय फुर्पुसिङ्गी तामाङले भने भूकम्पपछि गत्लाङ गाउँको आफ्नो पहिचान हराएको छ । तर पनि पर्यटन व्यवसाय उठाउन हामी लागेका छौ । भूकम्पले सबैको घरहरू भत्किए । विभिन्न संघसंस्थाहरूले राहतको रुपमा जस्तापाता बाँड्न थाले, पूरानो घर भत्किएकोले धेरैले जस्ताकै टहराहरू बनाउन थाले । त्यसैले कालोगाउँ अहिले रङ्गीचङ्गी भएको छ धेरैले रङ्गाएर भनेपनि गाउँलाई पहिलेकै जस्तो देखाउन खोजेका छन् केहीले काठकै छाना लगाएका छन् ।
काठको छानामा हिउँ परेपनि न्यानो हुन्थ्यो तर जस्ताको छानाले धेरै चिसो हुने अनुभव स्थानीयले सुनाउछन् । जस्तापाताको छानामा आवाज आउने, हिउँ पर्ने समयमा धेरै समय हिउँ जमेर बस्ने हुँदा यो गत्लाङलाई उपयुक्त नभएको उनीहरू बताउँछन् । त्यसैले गर्दा झन् धेरै चिसो हँुदो रहेछ । गत्लाङगाउँ हिमालको नजिकै भएकोले यहाँ मङ्सिर महिनादेखि नै हिउँ पर्न सुरु हुन्छ । ‘ अहिले त महामारी हो । तर पर्यटक घट्नुको एउटा कारण कालोगाउँलाइ जिवित राख्न नसक्नु पनि हो, सार्की भन्छिन् ।’ वातावरण सहज भएपछि घुम्न आउनेहरु बढ्छ यहाँबाट बिहान उठ्ने बित्तिकै ओछ्यानबाट लाङटाङ हिमाल टल्केको देख्न सकिन्छ ।
विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दी हुनाले २ वर्ष पर्यटन क्षेत्र नराम्रोसँग थला परेको छ । सन् २०२० लाई भ्रमण वर्ष र सन् २०२० देखि २०३० लाई पर्यटक दशकको रुपमा मनाउने र देशभर वार्षिक ५० लाख पर्यटक भ्यिाउने योजना थियो । तर अपेक्षा पूरा हुन सकेन । रैथाने उत्पादनका बिभिन्न ताजा परिकारका खानेकुरा, हिमाली दृष्य, मनोरम हावापानी, मौलिक कला, तामाङ तथा तिब्बेतियन संस्कृति, भेषभूषा यहाँको मूख्य आकर्शण हो । सरकारले पर्यटन व्यवसाय उठाउने खालका नयाँ योजना ल्याउनुपर्ने र व्यवसायीले आफ्नो व्यवसायमा लगानी गर्दा आन्तरिक र बाह्य पर्यटकलाई उत्तिकै आकर्षित गर्ने खालका कार्यक्रम र योजनाहरू तयार गर्न जरुरी छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया