महामारीको मारमा रसुवाका तामाङ समुदाय

विदुर खबर २०७८ कार्तिक २२ गते १२:४४

रसुवा । हेमनाथ खतिवडा, ग्रामीण पर्यटन विकासको लागि तामाङ सम्पदा मार्गको रोडम्याप तयार गरेर अघि बढेको तामाङ समुदायमा पूर्वाधार विकास गरेपनि विदेशी तथा स्वदेशी पर्यटक आउन छाडेपछि अहिले गाउँ सून्य प्रायः छ । गतलाङ गाउँमा मात्र अहिले १५ वडा पर्यटक लक्षित होटल, लज र होमस्टे रहेका छन् ।

Advertisement

तामाङ जातिको मात्र बस्ती रहेको यो स्थानमा लामो समय पर्यटन व्यवसायमा रमेर लागेका युवा हुन आमाछोदिङमो गाउँपालिका वडा नं ३ गत्लाङका विकास लामा उनले लामो समय ट्रेकिङ्ग गाइडको रुपमा देशका बिभिन्न हिमाली क्षेत्रमा पदयात्रा गरे । हिमाल घुमेर उनले पनि गाउँमा बिस्तारै होटल खोल्ने सोच बनाए । उनले स्टोनउड नामक होटल खोले । विदेशी तथा स्वदेशी पर्यटक आउन थालेका थिए । गाउँमा उनले मात्र हाइन १४ जनाले होटल लज र होमस्टे खोले तर २ वर्ष भयो पर्यटक सून्य भएको छ । कोरोना भाइरस (कोभिड–१९) को कारण ठूलो लगानी गरेर सुरु गरिएको व्यवसाय नचलेपछि समस्या भयो । अहिले कोभिड–१९ को प्रभाव कम भयो । नेपाल सरकारले भिसा दिने भनेपछि गाउँमा निकै उत्साह बढेको विकास लामाले बताए ।

रसुवामा विश्व प्रख्यात लाङटाङ, गोसाइकुण्ड, गणेश हिमाललगायत हिमश्रृखला यहाँको चर्चित पर्यटकीय क्षेत्र हो । वर्षेनी यहाँ हजारौं विदेशी पर्यटक आउथे । तामाङ समपदा मार्गमा पर्यटक आउने क्रम बढेको थियो तर कोरोना महामारीले २ वर्ष बित्न लाग्यो यहाँ सुनसान छ । आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङकी सर्की तामाङ होमस्टे सञ्चालक महिला हुन् । चार दशकको हाराहारी उमेरकी उनी विगत १४ वर्षदेखि होटल व्यवसायमा तल्लीन छिन् । गत्लाङ गाउँभरीमै आफुलाई सफल व्यावसायीको रुपमा आफुलाई उभ्याएकी थिइन । ‘महिलाहरू आर्थिक रुपमा आफैं बलियो हुनुपर्छ’ भन्ने आफ्नै मान्यताले गाउँमा उनलाई यो पेशा सुरु गर्न प्र्रेरित ग¥यो । उनका पति ट्रेकिङ गाइड हुन् । काठमाण्डौको ठमेलमा ट्रकिङ्ग एजेन्सी पनि छ । उनका पतिले पनि कहिलेकहिँ होमस्टेमा स्वदेशी तथा विदेशी पाहुनाहरू ल्याउँने गर्दथे । तामाङका ४ जना छोराछोरी छन् । कान्छी छोरी मात्र उनीसँगै छिन् । अरु ३ बालबालिका स्कुल तहको पढाइको लागि काठमाडौंमा छन् । घर खर्च छोराछोरीको पढाइ खर्च अहिलेसम्म होमस्टे थानेको थियो । अहिले कोरोना महामारीले थला परेको पर्यटन व्यवसाय कसरी उठ्ला उनलाइ यही चिन्ताको विषय छ ।

Advertisement

स्थानीय कर्साङ तामाङको आम्दानीको मुख्य स्रोत पनि होमस्टे नै हो । उनले आफ्नो र परिवारको खर्च यही व्यवसायबाट धान्दै आएका थिए । अहिले कर्साङ जस्तै गत्लाङमा धेरै महिलाले होमस्टे सञ्चालन गरेर आम्दानी गर्दै आएका छन् । सर्की तामाङ एक्लै हुँदा होमस्टेबाट लाखौं आम्दानी गर्थिन् । धेरै होमस्टे थिएन । पर्यटकहरूलाई अन्य बिकल्प पनि थिएन । पछिल्लो समय यो व्यवसाय गर्नेहरूको संख्या त बढेको छ तर कारोना भाइरसको कारण पर्यटक सून्य भएपछि पेशा धरापमा पर्ने चिन्ता छ । ‘पर्यटकहरू गत्लाङगाउँ आउनुको मूख्य कारण थियो कालोगाउँ । ‘ब्ल्याक भिलेज’ को नामले चर्चित गाउँ हेर्न पहिले ठाउँठाउँबाट मानिस आउँथे । स्थानीय विकास लामा भन्छन् अहिले न कालो गाउँ रह्यो न पर्यटक । भूकम्पले गत्लाङ गाउँको पहिचनमात्रै मेटाएन स्थानीय पर्यटन व्यवसायमा लागेका महिलाको पेशा नै धरापमा पर्ने भयो भन्ने चिन्तामा छन् । कोरोना पछि त यहाँ स्वदेशी पर्यटक पनि आउने वातावरण भएन ।

वर्षेनी कात्र्तिक, मंसिरको महिना र चैत, वैशाख वर्षमा दुईपटक विदेशी आउने मौसम हो । मौसममा गत्लाङ गाउँ पर्यटकले भरिभराउ हुन्थ्यो । रातभर नाँचगान गरेर पर्यटन समेत स्थानीय पहिरनमा नाँचेर रमाउथे । चारसय सयभन्दा बढि घरधुरी रहेको गत्लाङ गाउँमा सुरुमा सर्की तामाङको मात्रै होमस्टे थियो, ‘पल्दोर पिक होमस्टे’ । मूख्य सिजनमा दैनिक १०÷१५ जना विदेशी पाहुना हुन्थे, कहिलेकहिँ १००÷१५० जना विदेशी गाउँमा आउने गरेको अनुभव सर्की सुनाउँछिन् । उनले एउटै सिजनमा लाखौँको व्यापार गर्थिन् । ०७२ साल बैशाखको विनाशकारी भूकम्पपछि पर्यटक आउन ह्वत्तै घटेको छ, त्यसैले सिजनको समयमा समेत दैनिक रुपमा ४÷५ जना भन्दा हुँदैनन् । धेरै भयो भने पनि ३०÷४० जना पर्यटक हुन्छन् । पर्यटन व्यवसायसँगै आम्दानीको स्रोत घटेकामा उनलाइ चिन्ता लाग्न थालेको छ । बालबालिकाको उच्च शिक्षामा लगानी गर्नु छ । जानेको पेशा यही हो, कसरी नयाँ पेशा अपनाउने ? पर्यटकको आगमन बढ्न सकेन होमस्टेको संख्या गाउँमा बढेकाले थोरै पाहुना आउने र बाँडिने हुनाले व्यवसाय धान्न नसक्ने चिन्ता छ । भूकम्प जानुभन्दा पहिले गाउँभर जम्मा ३ ओटा होटल लज थिए । अहिले बढेर १५ ओटा पुगेका छन् । गत्लाङमा सञ्चालित मध्ये ७ वटा होमस्टे सञ्चालक महिला छन् । पर्यटक घट्ने र होमस्टे बढ्ने भएकाले पेशा नै परिवर्तन गर्नुपर्छ कि भन्ने डर लागेको तामाङको गुनासो छ ।

Advertisement

रुबि भ्याली गेष्ट हाउसका ठूलोकान्छ तामाङ भन्छन काभिड–१९ को नियन्त्रण पछि पर्यटन व्यवसाय उठ्छ । सरकारले विदेशी तथा स्वदेशी पर्यटक आउने वातावरण बनाएपछि हाम्रो गाउँमा पर्यटक आउछन् । कालोगाउँ अर्थात् ‘ब्ल्याक भिलेज’ को नामले चिनिने चर्चित रसुवाको उत्तरी भेगमा रहेको गत्लाङ गाउँ २०७२ सालको भूकम्पपछि सेतो, निलो, रातो टिनका पाताले रङ्गीचङ्गी भयो । गाउँमा रङ मात्र हैन दैनिकी पनि फेरिएको छ । केहीले त खेतीको काम पनिसँगै गर्न थालेका छन् । चार सय भन्दा बढी घरधुरी रहेको आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङगाउँमा भूकम्पअघि सबैजसो घरमा ढुङ्गा छिनोले बुट्टा भरेर लगाइएको गाहे र ‘पाङ्लेप’(फल्याक) ले छाएको छाना थियो । काठको छानाले गर्दा एकनासे देखिने गाउँ पूरै कालो देखिन्थ्यो । त्यसैले यहाँ आउने विदेशी पर्यटकले गत्लाङ गाउँको नाम ‘ब्ल्याक भिलेज’ राखिदिएका थिए । त्यसैले त्यो गाउँमा विदेशी तथा स्वदेशी पर्यटक बढेको थियो ।

पर्यटन व्यवसाय र जनजाति पर्यावाची जस्तै हो किनकी हिमाली क्षेत्रमा तामाङ र शेर्पाहरुको बसोबास छ र त्यस क्षेत्रमा पर्यटन व्यवसायमा मात्र होइन पिक चढ्नेदेखि, ट्रेकिङ्गमा गाइड, पोर्टरसम्म तामाङ तथा जनतातिकै प्रभाव बढि छ । अझै भन्दा पर्यटन व्यवसायको विकल्प नभएकाहरु महामारीको मारमा परेका छन् । तसर्थ लाङटाङ, गोसाइकुण्ड तथा तामाङ सम्पदामार्गमा पर्यटक लक्षित होटल व्यवसायी कोरोना महामारीको ठूलो मारमा छन् । रसुवाको सदरमुकाम धुन्चे, स्याफ्रुबेशी बजार क्षेत्रमा ठूलो लगानीमा खुलेका होटल लज सञ्चालकहरु महामारीका कारण झनै धेरै मारमा छन् ।

गत्लाङ ब्ल्याक भिलेजका नामले चिनियो । कालोगाउँका सबै घर उस्तै हुन्थे, झ्याल ढोकाको डिजाइन उस्तै हुन्थ्यो, कस्को घर कुन हो छुट्टयाउन मुस्किल यिथो किनकी उस्तै घर हुन्थे । झ्याल ढोकाको बुट्टाहरू उस्तै चिटिक्क हुन्थ्यो, ढुङ्गाको गाहे काठको छानो भएको दुई तले घरको भित्र पनि काठैकाठ हुन्थ्यो, काठै काठको घर भएकोले जति चिसो मौसममा पनि न्यानो हुन्थ्यो । हिमपातको समयमा पनि त्यहाँ सुत्न न्यानो हुन्थ्यो स्थानीय फुर्पुसिङ्गी तामाङले भने भूकम्पपछि गत्लाङ गाउँको आफ्नो पहिचान हराएको छ । तर पनि पर्यटन व्यवसाय उठाउन हामी लागेका छौ । भूकम्पले सबैको घरहरू भत्किए । विभिन्न संघसंस्थाहरूले राहतको रुपमा जस्तापाता बाँड्न थाले, पूरानो घर भत्किएकोले धेरैले जस्ताकै टहराहरू बनाउन थाले । त्यसैले कालोगाउँ अहिले रङ्गीचङ्गी भएको छ धेरैले रङ्गाएर भनेपनि गाउँलाई पहिलेकै जस्तो देखाउन खोजेका छन् केहीले काठकै छाना लगाएका छन् ।

काठको छानामा हिउँ परेपनि न्यानो हुन्थ्यो तर जस्ताको छानाले धेरै चिसो हुने अनुभव स्थानीयले सुनाउछन् । जस्तापाताको छानामा आवाज आउने, हिउँ पर्ने समयमा धेरै समय हिउँ जमेर बस्ने हुँदा यो गत्लाङलाई उपयुक्त नभएको उनीहरू बताउँछन् । त्यसैले गर्दा झन् धेरै चिसो हँुदो रहेछ । गत्लाङगाउँ हिमालको नजिकै भएकोले यहाँ मङ्सिर महिनादेखि नै हिउँ पर्न सुरु हुन्छ । ‘ अहिले त महामारी हो । तर पर्यटक घट्नुको एउटा कारण कालोगाउँलाइ जिवित राख्न नसक्नु पनि हो, सार्की भन्छिन् ।’ वातावरण सहज भएपछि घुम्न आउनेहरु बढ्छ यहाँबाट बिहान उठ्ने बित्तिकै ओछ्यानबाट लाङटाङ हिमाल टल्केको देख्न सकिन्छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दी हुनाले २ वर्ष पर्यटन क्षेत्र नराम्रोसँग थला परेको छ । सन् २०२० लाई भ्रमण वर्ष र सन् २०२० देखि २०३० लाई पर्यटक दशकको रुपमा मनाउने र देशभर वार्षिक ५० लाख पर्यटक भ्यिाउने योजना थियो । तर अपेक्षा पूरा हुन सकेन । रैथाने उत्पादनका बिभिन्न ताजा परिकारका खानेकुरा, हिमाली दृष्य, मनोरम हावापानी, मौलिक कला, तामाङ तथा तिब्बेतियन संस्कृति, भेषभूषा यहाँको मूख्य आकर्शण हो । सरकारले पर्यटन व्यवसाय उठाउने खालका नयाँ योजना ल्याउनुपर्ने र व्यवसायीले आफ्नो व्यवसायमा लगानी गर्दा आन्तरिक र बाह्य पर्यटकलाई उत्तिकै आकर्षित गर्ने खालका कार्यक्रम र योजनाहरू तयार गर्न जरुरी छ ।

प्रतिक्रिया