रसुवामा गुम्बाको भर्याङ भत्किँदा एक महिलाको मृत्यु
विदुर खबर
२०८२ असार ४ गते ७:२६
रसुवा । कालिका गाउँपालिका–१ ग्राङ बजारमा निर्माणाधीन गुम्बाको भर्याङ भत्किँदा एक महिलाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मंगलबार अपराह्न ३:३५ बजे गुम्बाको इँटा र सिमेन्टले बनाइएको भर्याङ अचानक भत्किँदा चिर्की तामाङ (४३) को ज्यान गएको हो। उनलाई उपचारका लागि रसुवा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना तामाङ समुदायको धार्मिक कर्मकाण्ड ‘घेवा’ तयारीको क्रममा भएको हो। उक्त दुर्घटनामा ४० वर्षीय छोपिमा तामाङ घाइते भएका छन्। उनको जिवजिवे ग्रामीण अस्पतालमा उपचार भइरहेको छ।
वडा अध्यक्ष दावा तामाङका अनुसार गुम्बा निर्माणको क्रममा लापरवाहीका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












तारकेश्वरका शिक्षकहरूकाे पाँच दिने तालिम शुरू
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम
कतार र कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
शिवपुरीको जंगलमा गाडेको अवस्थामा भेटियो महिलाको शव, एक पुरुष पक्राउ
काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा





प्रतिक्रिया