रसुवामा थप ५ वटा कार्यालय राख्न प्रस्ताव
विदुर खबर
२०७८ असोज ७ गते २०:३०
रसुवा । रसुवामा थप पाँच वटा कार्यालय राख्न प्रस्ताव गरिएको छ ।

देश संघीयतामा गएपछि खारेज भएका तथा जिल्लामा अतिआवश्यक रहेका ५ वटा कार्यालय थप गर्नका लागि प्रस्ताव गरिएको हो ।
हालै सम्पन्न छैठौं जिल्ला सभामा कृषि ज्ञान केन्द्र, पशु विज्ञ केन्द्र, सडक (यातायात) कार्यालय, खानेपानी तथा सरसफाई कार्यालय र पर्यटन कार्यालय स्थापना गर्नका लागि बागमती प्रदेश सरकारमा अनुरोध गर्ने प्रस्ताव पेस गरिएको जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुल प्रसाद भट्टले बताउनुभयो ।
हाल जिल्लामा यी कार्यालय नहुँदा रसुवाबासीले समस्या भोग्दै आएका छन् । कृषि, पशु र सडक सम्बन्धी कार्यालय नुवाकोटमा रहेको छ भने खानेपानी सम्बन्धी कार्य धादिङबाट हुँदै आएको छ ।
संघीयता आउनुपूर्व कृषि, पशु र खानेपानी कार्यलयको कार्यालय रसुवामा नै थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया