मुख्य प्रशिक्षक डेभ ह्वाटमाेरद्वारा राजिनामा ?
नुवाकोट । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजिनामा दिएको दावी भारतीय समाचार संस्था न्युज नाइनले गरेको छ ।
न्युज नाइनले आधिकारीक ट्विटर ह्यान्डलमा ह्वाटमोरले मुख्य प्रशिक्षकबाट राजिनामा दिएको बताएको छ । सो सञ्चार माध्यमले ह्वाटमोरको ब्यवस्थापक कम्पनी फस्र्टस्पोर्टसइभेन्ट वनलाई उदृत गर्दै राजिनामा दिएको पुष्टि भएको हो ।
हाल ओमानमा रहेका ह्वाटमोरले भने यो विषयमा कुनै कमेन्ट गर्न नखोजेको जनाएको छ । ओमानमा आइसीसी विश्वकप क्रिकेट लिग टु का लागि ओमानमा रहेको नेपाली टिमको प्रशिक्षण दिइरहेका बेला उनको राजिनामाको कुरा सार्वजनिक भएको छ ।
गत डिसेम्बरमा खुल्ला छनोटबाट नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा चयन भएका निकै अनुभवी प्रशिक्षक ह्वाटमोर करिव एक महिनापछि नेपाल आएका थिए । तर नेपाल आएको तीन चार महिनासम्म पनि उनको श्रम स्विकृती नहुँदा उनी टुरिस्टका रुपमा काम गरेका थिए । जसका कारण उनले सुरुवातमा नियमित तलवपनि पाउन सकेका थिएनन् ।
उनको तलवको कुरालाई आइसीसी र एसीसीसँगको छलफलमा टुंगो लगाएको क्यान राजिनामा बारेमा भने अनभिज्ञ नै छ । न्युज ९ को ट्विटपछि क्यानका सचिवसँग कुरा गर्दा यो विषयमा आफुलाई कुनै जानकारी नभएको र उनले दिउँसोसम्म कुनै त्यस्तो कुरा नगरेको बताए । उनले यो विषयमा आफुले पनि बुझ्नुपर्ने बताए ।
यदि ह्वाटमोरले राजिनामा दिएको कुरा सत्य हो भने उनी नेपाल आएको नौ महिनामा नै छोड्ने निर्णयमा पुगेका हुन । उनी ओमानमा हुने सिरिज सकिएपछि नेपाली टिम छोड्ने बताइएको छ ।
श्रीलंकालाई विश्वकपको उपाधि दिलाएका प्रशिक्षक ह्वाटमोरले अचानक राजिनामा दिएको खबर भारतीय मिडियाले सार्वजनिक गरेपछि नेपाली क्रिकेटमा तहल्का मच्चिएको छ ।
कोभिडका कारण नेपालले अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता निकै कम खेलेको छ । त्यसमा पनि ह्वाटमोर आएपछि नेपालले पहिलो पटक विदेशी भूमीमा प्रतियोगिता खेल्न लागेको हो । उनको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी २० क्रिकेट प्रतियोगिता खेलेको थियो । जसमा नेपाल च्याम्पियन बनेको थियो ।
त्यो बेलासम्मपनि क्यानले उनको श्रम स्विकृती लिन सकेको थिएन । त्यसपछि कोभिडका कारण लकडाउन हुँदा ह्वाटमोर दुई पटक श्रीलंका फर्किएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया