रसुवामा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुग्यो
विदुर खबर
२०७८ साउन १५ गते १६:२५
रसुवा । रसुवामा १ हजार १ सय ६८ जना कोरोना संक्रमित निको भएका छन् ।
जिल्लामा रहेका संक्रमितमध्ये बिहीबार २५ जना संक्रमित निको भएसँगै निको हुनेको संख्या १ हजार १ सय ६८ पुगेको हो । रसुवामा हालसम्म १ हजार २ सय १२ जनामा कोरोना पुष्टि भएको थियो । तथ्यांक अनुसार संक्रमितमध्ये ९६.३६ प्रतिशत निको भएका छन् ।
जिल्लामा हाल ४३ जना सक्रिय कोरोना संक्रमित छन् । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका थिए ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ५, उत्तरगयामा १५ र कालिकामा २३ जना रहेका छन् । सबै संक्रमितहरूमध्य १ जना संस्थागत र ४२ होम आइसोलेसनमा बसेका छन् ।
जिल्लामा हालसम्म ४ हजार ३५ वटा स्वाव संकलन गरिएकोमा २ हजार ८ सय २३ नेगेटिभ र १ हजार २ सय १२ पोजेटिभ आएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया