रसुवामा आगो लागेको १२ वर्षपछि लगत संकलन कार्य सुरु
रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङको जंगलमा आगो लागेको १२ वर्षपछि लगत संकलन कार्य सुरु भएको छ ।
डिभिजन वन कार्यालय रसुवाले यही जेठ महिनाभित्रमा लगत लिने काम सम्पन्न गर्ने छ । यसका लागि वन कार्यालयका कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी खटिएका छन् । यसअघि गरिएकोे प्रारम्भिक अध्ययन अनुसार करिब २५ प्रतिशत रुख प्रयोगमा ल्याउन सक्ने हैसियतका रहेको देखिएको कार्यालयका सूचना अधिकारी बद्रिप्रसाद ढुंगानाले बताए ।
बाँकी रुखहरूको हैसियत बिग्रिएर गुणस्तर खस्किसकेको छ । डढेलोले सखाप पारेको त्यस क्षेत्रमा २०७७ फागुनमा एक हजार एक सय ६३ वटा रुखको लगत लिने कार्य सम्पन्न भएको थियो । यसअघि काठको व्यवस्थापनको लागि विभिन्न चरणमा छलफल भएको भएपनि त्यसले कुनै निष्कर्ष दिन सकेको थिएन । लगत संकलन भएपछि विश्लेषणको काम हुने छ । ‘हामीले पहिलो चरणमा लगत संकलन गरेर विश्लेषण गर्छौं’, उनले भने, ‘त्यसपछि कसरी अघि बढ्ने बारे योजना निर्माण हुन्छ ।’
लगत संकलन गर्दा रुखको अवस्था, रुख हटाउनका लागि लाग्ने समय र लागत, रुखको व्यवस्थापन लगायतका विषय समावेश हुने छ । उनका अनुसार रुख व्यवस्थापन गर्नका लागि करिब १ वर्ष लाग्छ ।
दोस्रो चरणमा त्यहाँ भएका रुख हटाएर कार्यालयले वृक्षारोपण कार्य अघि बढाउनेछ । ‘त्यस क्षेत्रमा पहिलोको जस्तै हरियाली बनाउनका लागि हामी कृतिम र प्राकृतिक पुनर्उत्पादनका प्रक्रियाहरू अघि बढाउँछौं’, उनले भने, ‘यसका लागि आगामी आर्थिक वर्ष २०७८/७९ को योजना तर्जुमा गर्ने क्रममा बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय समक्ष कार्यक्रम र बजेट पठाउन प्रस्ताव गरिसकेका छौं ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया